पोखरामा प्याराडिसो कप टेनिस शुरु

पोखरा, २४ माघ /कास्की जिल्ला टेनिस संघको आयोजना तथा प्याराडिसो स्पोर्ट एण्ड ग्रिल बारको प्रायोजनमा मंगलबारदेखि पोखरामा टेनिस प्रतियोगिता शुुुुुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार नवप्रवेशीतर्फ विकास भट्टराईले तारा गौतमलाई, सुनिल भट्टराईले विष्णु बानियाँलाई, लक्ष्मण तामाङ्गले रबिन्द्र श्रेष्ठलाई तथा केबि तामाङ्गले दिपेश तामाङ्गलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रतियोगितामा खुल्ला तर्फ २८ र नवप्रवेशीतर्फ ८ जनाले भाग लिएका छन् । शनिबार सम्म चल्ने प्रतियोगिताका विजेताले नगद सहित ट्रफि पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए ।

यसअघि पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेलले एक समारोहका बिच टुर्नामेण्ट डाइरेक्टर प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता अन्र्तगत बुधबारदेखि खुल्लातर्फको प्रतिस्पर्धा शुरु हुने बताइएको छ ।

कमेन्टहरु
Loading...