‘पोखरा म्याराथन आर्थिक समृद्धीका लागि महत्वपूर्ण’ : उपमेयर गुरुङ

पोखरा, ६ फागुन /यहि फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” पोखराको आर्थिक समृद्धीका लागि महत्वपूर्ण रहेको पोखरा महानगरपालिका उपमेयर मञ्जु गुरुङले बताएकी छन । पोखरा महानगरपालिका वडा अध्यक्षहरु र म्याराथन आयोजक संस्थाका पदाधिकारीहरु संग पोखरा म्याराथन सफल बनाउन आयोजित छलफल कार्यक्रममा उपमेयर गुरुङले पोखरालाई खेलकुद मार्फत आर्थिक समृद्धी हासिल गर्न पनि पोखरा म्याराथन सफल बनाउनु पर्ने कुरामा जोड दिएकी छन ।

उपमेयर गुरुङले पोखरा म्यारथनलाई महानगरको तर्फबाट सहयोगको निरन्तरता संगै १३ औं संस्करणले सफलता लिने कुरामा आफू ढुक्क रहेको र सबै महानगरबाशीहरुलाई एकजुट भएर पोखरा म्याराथनमा सहभागिताका लागि आग्रह समेत गरिन । सो अबसरमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथन पोखराका लागि महोत्सवका रुपमा रहेको बताउँदै सम्पूर्ण स्थानिय जनताबाट पनि म्याराथन सफल बनाउन देखाएको सहयोगले आफूहरु अझै उत्साहित भएको बताए ।पोखरा म्याराथनमा ५ हजार भन्दा बढी एकै साथ दौडने र पोखरा म्याराथनलाई प्राथमिकतामा राखेर देश विदेश बाट उल्लेख्य रुपमा नेपाली दाजुभाईहरुको उपस्थितीले थप रौनकता ल्याएको अध्यक्ष गुरुङले बताए । उनले पोखरा म्यारथनका लागि महानगर संग भगिनी सम्वन्ध रहेका चिन र जापान जस्ता मुलुकबाट समेत खेलाडीहरु सहभागिता रहने उनले जानकारी दिए ।

पोखरा म्याराथनलाई प्राथमिकता दिएर चिनको शिन्ह्वा न्यूज एजेन्सी लगाएत अन्य पत्रकारहरुको विशेष उपस्थितीले यसलाई विश्व मानचित्रमा पु¥याउन महत्वपूर्ण रहेको बताउँदै सम्पूर्ण वडा अध्यक्ष तथा जन प्रतिनिधीहरुलाई पोखरा म्याराथनमा सक्रिय सहभागिताका लागि आग्रह गरे ।कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुले पोखरा म्याराथन बारे आ–आफ्नो तर्फ बाट जिज्ञासा राखेका थिए । सो अवसरमा पोखरा महानगर पालिकाका प्रवक्ता धन बहादुर नेपालीको समेत उपस्थिती रहेको थियो । १३ औंं संस्करणको पोखरा म्याराथनमा पोखरा महानगरपालिका मेयर मान बहादुर जिशी संरक्षक रहेका छन भने पोखरा म्याराथनले पोखराको १७ वटा वडाहरुमा धावकहरु पुग्ने गरि रुट तय गरिएको छ ।

कमेन्टहरु
Loading...