पोखरामा मोबाइल मेला जारी, ३ दिनमा ३६ लाखको कारोबार

पोखरा, १७ भदौ/गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा टावर प्रालिमा मोबाइल मेला जारी छ ।

आइतबारबाट सुरु भएको मेलाका ३ दिनमा ३६ लाख कारोबार भएको छ भने करिब २ हजार बढीले मेला

अवलोकन गरेको पोखरा टावर प्रालिका अध्यक्ष उदय केसीले जानकारी दिए ।

एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पर्याप्त पाकिङ भएको बजार

सञ्चालनमा आएको हो । सबै ब्रान्डका मोबाइल बक्री तथा सेवा उपलब्ध हुने भएकाले दर्शकको आगमन बढ्दै

गएको प्रालिका सचिव नारायण सुवेदीले बताए ।

मेलामा हरेक दिन ५ जनालाई सान्त्वना पुरस्कार दिनेगरिएको छ । मंगलबारसम्म लक्की ड्रमार्फत १५ जना

सान्त्वना पुरस्कार पाउने ग्राहकको नाम सार्वजनिक गरिएको छ । मेला भदौ २७ गतेसम्म चल्नेछ ।

टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा

५० प्रतिशतसम्म छुट दिइएको छ । मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइनेछ भने मेलाकै

सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहार स्कुटर प्रदान गरिने प्रालिले जनाएको छ ।

एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि

जानकारी दिइएको छ ।

कमेन्टहरु
Loading...