पोखरा मिडिया कपको तयारी तीव्रः छानविन समिति गठन, केही नियम संसोधन

पोखरा, ४ भदौ/‘पोखरा मिडिया कप’ फुटसल प्रतियोगिताको तयारीलाई आयोजक जक्शन डटकम र सिक्स्टिन प्रोडक्शनले तीव्र पारेको छ । भदौको १० र ११ गते दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सहभागिताका लागि आयोजकले सम्पूर्ण मिडिया हाउसहरुलाई आह्वान समेत गरेको छ ।

यसैबीच प्रतियोगितालाई अझै बढि मर्यादित र व्यवस्थित गराउने लक्ष्य सहित आयोजकले ६ सदस्यीय छानविन तथा अनुगमन समिति गठन समेत गरेको छ । यो समितिमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, श्यामशुक्ला फिल्म प्रोडक्शनका संचालक घनश्याम लामिछाने, अग्रज फोटापत्रकार सुदर्शन रञ्जित, फुटबल खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’ र आयोजकको तर्फबाट अरुण गिरी पदेन सदस्य रहेका छन् ।

समिति गठन भएसँगै प्रतियोगिताका केही नियमहरु समेत संसोधन गरिएको आयोजकले बताएको छ । ‘मिडियाका साथीहरुको बढि भन्दा बढि सहभागिता रहोस् भन्ने हेतुले हामीले यसअघिका केही शर्तबन्देजहरुलाई संसोधन गरेका छौँ । र, यसले सहभागीहरुलाई अझै बढि सजिलो हुने हामीले ठानेका छौँ ।’ खेल सँयोजक अरुण गिरीले भने ।

संसोधित नियमअनुसार छापा संचारमाध्यमहरुले पत्रिका वितरकहरुलाई समेत खेलमा सहभागी गराउन सक्नेछन् । सँगसँगै हरेक संचारमाध्यमका बजार व्यवस्थापनमा संलग्न कर्मचारीले पनि सहभागिता जनाउन सक्नेछन् । यद्यपि वितरकको हकमा दुई जना र मार्केटिङको हकमा १ जना मात्र एउटा टिममा सहभागी गराउन पाईने आयोजकले बताएको छ ।

त्यससँगै छानविन तथा अनुगमन समितिले आयोजकलाई फुटसल प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण टिमको दर्ता ७ गतेभित्र गरिसक्न सुझाएको छ । ‘टिम दर्ता भैसकेपछि पनि छानविन समितिले केही अनुगमन गर्नेछ । यद्यपि यी सबै प्रकृया खेलको क्रममा विवाद नआओस् भन्नकै लागि हो ।’ छानविन समितिका सदस्य तथा फुटबल खेलाडी ईश्वर गुरुङ ‘चन्द्र’ले भने–‘यति गर्दा पनि केही गुनासो भएको खण्डमा ९ गतेसम्म हरेक समूहले छानविन समिति सामु निवेदन पेश गर्न सक्नेछन् ।’

फुटसल प्रतियोगिताको विजेता समूहले ३५ हजार रुपैयाँसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै दोस्रोले २० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीेले रु ५ हजार, गोल रक्षकले ३ हजार, अनुशासित टिमले ५ हजार र सर्वाधिक गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

परिमार्जित नियम सहित

मिडिया कपमा सहभागिताका लागि शर्त बन्देजहरु ः
– सहभागी टिमले खेलाडीका रुपमा रेडियोको हकमा न्यूज रिर्पोटर, न्यूज रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता, टेलिभिजनको हकमा न्यूज रिर्पोटर, न्यूज रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता र क्यामेरा पर्सन, पत्रिकाको हकमा न्यूज रिर्पोटर, फोटो पत्रकार र सम्पादक, अनलाईनको हकमा न्यूज रिर्पोटर, फोटो पत्रकार, भिडियो रिर्पोटर र सम्पादक, प्रोडक्सन हाउसहरुको हकमा फोटोग्राफर, भिडियोग्राफर, भिडियो सम्पादक, निर्देशकहरुलाई सहभागी गराउनु पर्नेछ ।

(छापा संचार माध्यममा वढीमा दुई जना वितरक र एक जना वजार प्रतिनिधी र अन्य सवै खालका संचार माध्यमहरुले एक जना वजार व्यवस्थापकलाई खेलमा सहभागी गराउन पाउने छन् । वितरक र वजार व्यवस्थापकको हकमा कम्तीमा ६ महिना अगाडी देखि काम गरेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ ।)

-माथी उल्लेख गरिएका पदका सदस्यहरु आफ्नो कार्यरत संस्थाले खेलमा सहभागी नजनाएको खण्डमा अर्को संस्थाबाट पनि खेल्न पाउने छन् । तर सरोकारवाला दुबै संस्थाको सहमती आवश्यक पर्ने छ ।

– माथी उल्लेखित पदका सदस्यहरु जिल्ला लिग, क्षेत्रीय तथा राष्ट्रिय र ए डिभिजन लिगमा सहभागी नभएको हुनुपर्ने छ । सहभागी गराएको पाईएमा छानविन समितिले खेलाडी परिवर्तन गर्न दिईएको अन्तिम समय भित्रमा परिवर्तन गरी परिवर्तित खेलाडीको नाम दिनु पर्नेछ । परिवर्तित नाम समयमा नदिए अयोग्य खेलाडी सहित पछि थप गरेको खेलाडीलाई पनि खेलमा सहभागी गराईने छैन । कम्तीमा ६ जनाको टिम नपुगेको अवस्थमा पनि खेल्न पाईने छैन र दर्ता शुल्क पनि फिर्ता हुने छैन ।

– फर्ममा सहभागी खेलाडी भन्दा अन्य खेलाडीहरुलाई खेलमा सहभागी गराईने छैन ।
– सम्पूर्ण खेलहरु नकआउट प्रणालीमा खेलाईने छन् ।
– पोखरा मिडियाकपमा सहभागिता जनाउनका लागि संस्थाले टिम दर्ता शुल्क स्वरुप रु ५०००÷– अक्षरुपी रुपैया पाँच हजार मात्र बुझाउनु पर्ने छ ।
– प्रत्येक टिममा ६ जना खेलाडी, दुई जना वैकल्पिक खेलाडी, एक जना टिम कोच र एक जना टिम म्यानेजर सहित १० जनाको टिम हुनु पर्ने छ ।
आवश्यक परेको खण्डमा टिम कोचलाई पनि खेलमा समावेश गर्न सकिने छ ।

– खेललाई मर्यादित र व्यवस्थित गर्न ६ सदस्यीय छानबिन तथा अनुगम समिति निर्माण भएको छ । जसमा फुटबल खेलका तर्फवाट ईश्वर गुरुङ (चन्द्र), प्रोडक्सन हाउसहरुको तर्फबाट श्याम शुक्ला फिल्म प्रोडक्सनका अध्यक्ष घनश्याम लामिछाने, फोटो पत्रकार तथा फोटो ग्राफरहरुको तर्फवाट अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित, खेलकुद पत्रकारहरुको तर्फबाट एकराज गिरी, नेपाल पत्रकार महासंघको तर्फवाट रामप्रसाद तिमिल्सिना, आयोजकको तर्फबाट जक्सन ग्रुप प्रालिबाट अरुण गिरी रहेका छन् ।

– खेलमा सहभागी हुन चाहने टिमले भदौ ७ गते भित्र आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ । टिम दर्ताको आधारमा ८ गते बेलुकी ६ः०० बजे सम्म छानविन कमिटीले टिमको अन्तिम नामावली सार्वजनिक गर्ने छ । समितिले सार्वजनिक गरेको टिम वा कुनै खेलाडीमाथी शंका लागेमा ९ गते दिउँसो १ बजे सम्म निवेदन दिन सकिने छ । जसको आधारमा समितिले ९ गते वेलुकी ६ः०० वजे अन्तिम समुह र खेलाडीको नाम प्रकाशन गर्नेछ । जुन अपरिवर्तनीय हुने छ । खेल सुरु भए पछि कुनै पनि खेलाडी वा टिममाथी प्रोटेष्ट गर्न पाईने छैन । तर छानविन समितीलाई झुक्याएर अन्य खेलाडी खेलाएको पाईएमा समितिलाई नियमाअनुसारको अनुरोध गर्न पाईने छ , तर त्यसको बारेमा अन्तिम निर्णय भने समितिकै हुने छ । यदी छानविन समितिलाई झुक्याएको पाईएमा झुक्याउने टिम स्वतः बाहिरीने छ ।

– सहभागिता फर्म भर्दा सबैको नाम, फोटो, कार्यरत संस्था र पद खुल्ने परिचयपत्रको प्रतिलिपी र खेलाडीको सम्पर्क नम्मर समेत बुझाउनु पर्नेछ ।
– सहभागी टिमले खेल खेल्दा अनिवार्य आफ्नो टिम खुल्ने जर्सी लगाउनु पर्नेछ । जुत्ताको हकमा फुटसल वा स्पोर्टस शुजलाई मात्र मान्यता दिईने छ ।

– आयोजकले प्रकाशित गरेको समय सहितको खेल तालिका बमोजिमको समयमा सम्बन्धित टिम खेल संचालन समय भन्दा ३० मिनेट अगाडी खेल स्थलमा उपस्थित भई आयोजकको सम्पर्कमा रहनु पर्ने छ । अन्यथा उपस्थित भएको प्रतिस्पर्धी टिमलाई विजयी घोषित गरिने छ । दुवै टिम अनुपस्थित भएको खण्डमा दुबै टिम स्वतः बाहिरिने छन् ।

– सम्पूर्ण खेलहरु फुटसलको नियम अनुसार प्रोफेसनल (व्यवसायिक) रेफ्रीहरुले खेलाउने छन् ।
– खेलको बीचमा कुनै पनि बिबाद भएमा खेल संचालनमा रहेका रेफ्रीको निर्णय नै अन्तिम हुने छ, सहभागी सबैले रेफ्रीको निर्णयलाई मान्नु पर्नेछ ।

– खेल १० /१० मिनेटको दुई चरणमा विभाजन गरी २० मिनेट खेलाईने छ । प्रत्येक खेलमा ५ मिनेटको ब्रेक टाइम दिईने छ ।
– निर्धारित समयमा दुबै पक्षबीच बराबर भएमा पुन ५/५ मिनेट समय थप गरिने छ । थप समयमा पनि बराबर भएमा टाई ब्रेकर क्गममभल म्भबतज वाट निर्णय गरिने छ ।

– सहभागी टिम तथा खेलाडीहरु माथी अर्को कुनै टिम तथा खेलाडीले शंका गरेर छानविनका लागि निबेदन दिएमा आयोजकले दिएको समय सिमा घण् mष्ल। भित्र सम्पूर्ण प्रमाण खुल्ने कागजात र आवश्यक परेमा कम्तीमा २ महिना र बढीमा एक वर्ष भित्र सार्वजनिक भएको कुनै पनि आमसंचार सामाग्री पेश गर्नु पर्ने छ ।
– खेलाडी तथा टिम छानबिनका लागि निबेदन दिँदा रु १५०० अक्षरुपी एक हजार पाँच सय रुपैया मात्र सहित आयोजकलाई बुझाउनु पर्नेछ ।

– खेलका समयमा अनुशासन सहित खेलको मर्यादालाई कायम गर्नु पर्ने छ । अन्यथा खेल स्थलबाटै निश्कासन गरी बाँकी खेलमा सहभागी हुन बन्देज समेत गरिने छ ।
– लागुऔषध र कुनै पनि शक्तिबद्र्धक पदार्थको प्रयोगलाई पुर्ण रुपमा निरुत्साहित गरिएको छ । यदि त्यस्तो पाईएमा खेलमा सहभागी गराईने छैन ।

– खेल र खेलाडीसँग सम्बन्धित अन्तिम निर्णय छानविन समिति र खेल संचालन गर्ने रेफ्रीको हुने छ ।

– खेलका अवधिमा कुनै पनि खालको शारिरीक दुर्घटना भएमा प्राथमिक उपचार बाहेक अन्य उपचार सम्बन्धित टिमले नै ब्यहोर्नुपर्ने छ ।

कमेन्टहरु
Loading...