पोखरा मिडिया कपमा १३ टिमको सहभागिता, पहिलो दिन हुँदैछ ११ खेल

पोखरा, ९ भदौ/पोखरा मिडिया कपको तयारी सकिएको छ । भोली मंगलबार १० गतेदेखि संचालनमा आउने खेलको तयारी सकिएको आयोजकले बताएको छ । पोखरा मिडिया कपको पहिलो सँस्करणको आयोजना ‘जक्शन डटकम’ र ‘सिक्स्टिन प्रोडक्शन’ले मिलेर गरेका हुन् ।

प्रतियोगिता अन्तरगत कुल १३ टिमको सहभागिता रहने आयोजकले बताएको छ । यसैबीच आयोजकले खेलतालिका पनि सार्वजनिक गरिसकेको छ । तालिका अनुसार मंगलबार पहिलो खेल आयोजक जक्सन १६ ‘ए’ र एसटी क्रियशनबीच हुनेछ ।

त्यस्तै दोस्रो खेल गन्थन ‘ए’ र कान्तिपुरबीच हुनेछ । तेस्रो खेल पोखरा टिभी र ‘टिम ओके’बीच हुनेछ भने चौथो खेल जक्सन १६ ‘बि’ र फेवा टिभीबीच हुनेछ । प्रतियोगिता अन्तरगतको पाँचौ खेल ‘भोग’ र गन्थन ‘बि’बीच हुनेछ । पहिलो दिन क्वार्टर फाइनल र सेमीफाइनलसम्मका गरि कुल ११ वटा खेल हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको फाइनल खेल भने बुधबार हुने आयोजकले जनाएको छ । फाइनल खेल भन्दा अगाडि पोखराका महिला पत्रकार र महिला सेलिब्रिटीहरुबीचको मैत्रीपूर्ण खेल हुने गरि आयोजकले ‘सेड्युल’ बनाएको छ ।

पोखरा मिडिया कपको उद्घाटन प्रदेश सांसद बिन्दुकुमार थापाले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहमा नेपाली फुटबल टिमको पूर्वक्याप्टेन अनिल गुरुङको पनि विशेष उपस्थिती रहने आयोजकले बताएको छ ।

प्रतियोगिता १० र ११ गते दुईदिनसम्म चल्नेछ । यही प्रतियोगिताकै बीचमा पोखराका महिला पत्रकारहरु र महिला सेलिब्रिटीहरुबीचको मैत्रीपूर्ण खेल पनि हुने आयोजकले बताएको छ । मैत्रीपूर्ण खेल पोखरा मिडिया कपकै आकर्षक ‘सेग्मेन्ट’ भएको आयोजकको दाबी छ ।

पोखरा मिडिया कपको विजेताले ३५ हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुने समूहले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीेले ५ हजार, गोल रक्षकले ३ हजार, अनुशासित टिमले ५ हजार र सर्वाधिक गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

‘बिग एफएम’को प्रस्तुतीमा हुन लागेको प्रतियोगितामा ‘एशियन कंक्रिटो’ र ‘इम्पायर एजुकेशन एण्ड भिसा सर्भिसेज्’ले पावर्ड बाइ टाइटलमा सहकार्य गरेका छन् । त्यस्तै प्रतियोगिताको ब्रट टु यु बाइ टाइटलमा किंग्स इन्स्टिच्यूट, कोइला लाउञ्ज र म्याट्रिक्स एरेना रहेका छन् ।

प्रतियोगिताको विशेष सहयोगीमा चलचित्र पत्रकार संघ कास्की र पोखरा महानगरपालिका रहेका छन् । प्रतियोगिताको रेस्टुरेन्ट पार्टनरमा बियाँ रेस्टुरेन्ट, होटल पार्टनरमा होटल टास्क, हस्पिटल पार्टनरमा पोखरा मेडिकल कलेज, टेलिभिजन पार्टनरमा पोखरा टिभी रहेका छन् ।

त्यस्तै मिडटाउन सिनेमाज्, मुगलान रेस्टुरेन्ट एण्ड बार, इम्प्याक्ट एजुकेशनल सर्भिसेज्, निशान, ओम एब्रोड कन्सल्टेन्सी, डण्डि बियो रेस्टुरेन्ट, प्याराडिसो र स्कुल अफ बार टेन्डर्सले प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

कमेन्टहरु
Loading...