पोखरा म्याराथनलाई हङकङबासी नेपालीहरुको सहयोग

पोखरा, २४ माघ/फागुन ७ गते हुने “१३ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” प्रतियोगिताका सफल बनाउनका लागि हङकङबासी नेपालीहरुले आर्थिक सहयोग जुटाएका छन् ।

हङकङलाई कर्मथलो बनाएका पोखरेलीहरुको संयोजकत्वमा आयोजित भेलामा पोखरा लगायत नेपालको विभिन्न ठाउँमा बसोबास गर्ने हङकङेलीहरुले स्वतःस्र्फुतरुपमा सहयोग रकम जुटाउन थालेका हुन । पूर्व राष्ट्रिय खेलाडी खेलाडी तथा वी विल राईज फाउण्डेशनका संस्थापक तुलसीकुमार गुरुङ, ब्यवसायी तथा समाजसेवी त्रिलोक गुरुङ र हङकङ ब्यापार संघका अध्यक्ष प्रकाश पुन र उनकी श्रीमती टिका पुनले पोखरा म्याराथनका लागि एक–एक लाख सहयोग रकम घोषणा गरेका छन ।

सहयोग गर्नेहरुमा गोपी गुरुङ, अर्जुन गुरुङ, हिमालय यात्रा, विरेन्द्र जङ गुरुङ, देउकाजी गुरुङ, विरेन्द्र तोर्जे, होमर गुरुङ, सुरज गुरुङ, सञ्जय गुरुङ, रक्स गुरुङ, शुरेस गुरुङ चिज गुरुङ, मनोङ गुरुङ र विक्रम गुरुङ लगाएत रहेका छन ।

“दौड स्वास्थ्यका लागि, दौडौ पोखराको लागि” भन्ने नाराको साथ आयोजना गरिएको म्याराथन प्रतियोगिता पोखराकै शान हो, हामी विदेशमा बस्छौ तर हाम्रो मन नेपालमै छ, आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु नै गौरवको बिषय रहेको भन्दै हङकङबासी नेपालीहरु एकजुट भएको बताइन्छ ।

“पैसा र अबसरको अभावमा कुनाकन्दरामा रहेका प्रतिभावान खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने यो प्रयासमा हामी पनि सहकार्य गर्न चाहन्छौ” पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तुलसीकुमार गुरुङले भनेका छन ।

पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेले साथ अगाडि बढाईरहँदा हङकङबासी नेपालीहरुले साथ दिनु आयोजकका लागि महत्वपूर्ण रहेको भन्दै भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले नेपाल र विशेष गरि पोखराको खेलकुद विकासमा विदेशमा रहेका नेपालीहरुको खेलप्रती चासो निकै स¥हानिय र प्रशंसनीय रहेको बताए ।

कमेन्टहरु
Loading...