बिदेशीले बनाईदिए पोखरामा ‘अन्नपूर्ण स्केटपार्क’

पोखरा, १८ बैशाख /देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा अन्र्तराष्ट्रिय स्तरको स्केटिङ पार्क निर्माण भएको छ । अन्र्तराष्ट्रिय स्केटिङ संघसँग आबद्ध बिदेशी संस्था ‘मेक लाईफ, स्केट लाईफ’ले पोखरा रंगशालामा ‘अन्नपूर्ण स्केटपार्क’ निर्माण गरिदिएको हो । यो नेपालकै पहिलो अन्र्तराष्ट्रिय स्तरको सार्वजनिक स्केटपार्क हो । यसअघी काठमाडौंमा पनि यहि संस्थाले पोखराको भन्दा केही सानो स्केटपार्क बनाईदिएको थियो ।

यसैबीच, स्केटपार्कको शनिबार एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । स्केटपार्कको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र ‘मेक लाईफ, स्केट लाईफ’का अप्रेसन म्यानेजर जोन चकोहसले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । सो अवसरमा ‘मेक लाईफ, स्केट लाईफ’ले स्केटपार्क क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा ‘मेक लाइफ, स्केट लाईफ’का अप्रेसन म्यानेजर जोन चकोहसले क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षलाई स्केटपार्क हस्तान्तरण गरेको घोषणा गरे ।

Group of Skateboarders in Annapurna Skate Park in Pokhara posing for the Group photograph - बिदेशीले बनाईदिए पोखरामा ‘अन्नपूर्ण स्केटपार्क’
Group of Skateboarders in Annapurna Skate Park in Pokhara posing for the Group photograph – बिदेशीले बनाईदिए पोखरामा ‘अन्नपूर्ण स्केटपार्क’

पोखरा रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय स्क्वायर क्षेत्रमा स्केटपार्क निर्माण गरिएको हो । २२ दिनअघी ‘मेक लाईफ, स्केट लाईफ’ संस्थामा आबद्ध अमेरीका, बेलायत, जापान, डेनमार्क, अष्टे«लियालगायत २० देशका ३५ जना स्केटर्सहरु पोखरा आएर स्केटपार्क निर्माण शुरु गरेका थिए ।

निर्माणका लागि आवश्यक ईञ्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति उनीहरु नै हुन् । उनीहरुले आ–आफ्नो सीप अनुसार माटो खन्ने, सम्याउनेदेखी रड, जाली लगाउने र सिमेन्टेड गर्नेसम्म आफैले गरेका हुन् । सो स्केटपार्क निर्माण गर्न २२ हजार डलर अर्थात करीब २३ लाख नेपाली रुपैयाँ खर्च भएको ‘मेक लाईक, स्केट लाईफ’का अप्रेसन म्यानेजर जोन चकोहसले बताए ।

Skateboarders skating in Annapurna Skate Park in Pokhara - बिदेशीले बनाईदिए पोखरामा ‘अन्नपूर्ण स्केटपार्क’
Skateboarders skating in Annapurna Skate Park in Pokhara – बिदेशीले बनाईदिए पोखरामा ‘अन्नपूर्ण स्केटपार्क’

‘मेक लाईफ, स्केट लाईफ’ले स्केट खेलको विकास र बिस्तार गर्ने उद्धेश्यले जुन देशमा पूर्वाधार छैन उक्त देशमा गएर पूर्वाधार निर्माण गर्नेगरेको उनले बताए । यसअघी भारत, बोलिभिया, जोर्डन, म्यानमार र ईथियोपियामा स्केटपार्क बनाईसकेको यो संस्थाले छैटौं देशको रुपमा नेपालमा ‘अन्नपूर्ण स्केटपार्क’ गरेको उनले बताए । स्केटपार्कले स्केट खेलाडी उत्पादन गर्दै स्केट खेलको विकासमा सघाउने आफूरुको विश्वास रहेको बेल्जियमकी किमले बताईन् । स्केट खेलप्रति आकर्षण रहेको आफूले देखेको बताउँदै उनले नेपालमा यसको भविष्य राम्रो रहेको बताईन् ।

स्केटपार्क निर्माणसँगै उनीहरुले १ सय २२ वटा स्केट बोर्ड पनि त्यहाँ उपस्थित स्केट लभर्सहरुलाई वितरण गरेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । स्केटिङ सिकाउनका लागि केही समय प्रशिक्षक पनि उपलब्ध गराउने आश्वासन दिएको उनले बताए । उनले स्केटपार्क निर्माण गर्ने ‘मेक लाईफ, स्केट लाईफ’ संस्था र निर्माणमा खटिएका स्केटर्सहरुलाई धन्यवाद दिए । उनले पोखरा अन्र्तराष्ट्रिय स्पोर्टस सिटीको रुपमा अगाडि बढ्न खोजिरहेको बताउँदै त्यसका लागि यसले सघाउने पनि विश्वास व्यक्त गरे ।

स्केटिङ पश्चिमा देशहरुमा लोकप्रिय खेलहरु मध्येमा पर्छ । ओलम्पिक खेलकुदमा भने आगामी सन् २०२० मा हुने प्रतियोगितामा मात्रै यो खेल समावेश गरिदैछ । नेपालमा भने यो खेल खासै लोकप्रिय छैन ।

कमेन्टहरु
Loading...