पोखरामा शनिबारदेखि सेभेन ए साईड फुटबल प्रतियोगिता

पोखरा, २ असोज/असोज ६ गतेदेखि पोखराको अमरसिंह चौर खेलमैदानमा दोस्रो संस्करणका किरण खड्का

स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता हुने छ । शितलज्योति युवा क्लबले दोस्रो संस्करणको प्रतियोगिताको

लागि आवश्यक अन्तरिक तयारीलाई पूर्णता दिदैं छ ।

असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४० टिमको सहभागिता रहने विश्वास आयोजक

शितल ज्योति युवा क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनले प्रतियोगितालाई गतवर्षबाट शुरु गर्दै

अझ परिष्कृत गर्दै लैजाने सोमबार आयोजित पत्रकार सम्मेलनमा सुनाए ।

विजेता क्लबले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले ८०

हजार नगदसहितको पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक मीनप्रसाद गुरुङले बताए । सर्वोत्कृष्ठ

खेलाडीलाई एक थान माउण्टेन साईकल प्रदान गरिने छ ।

उत्कृष्ठ स्ट्राईकर, उत्कृष्ठ मिडफिल्डर, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ गोलकिपर र सर्वाधिक गोलकर्तालाई नगद ५

हजार सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ठ प्रशिक्षकलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने छ । म्यान अफ दि म्याच फाईनल खेललाई नगद ५ हजार र

सेमिफाईनल र क्र्वाटरफाईनलका म्यान अफ दि म्याचलाई नगद २ हजार प्रदान गरिने छ ।

क्लबले सेमिफाईनलमा पराजित दुवै टोलीलाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गर्ने उल्लेख गरेको छ । पत्रकार

सम्मेलनमा क्लबका आजीवन संरक्षक विमल बसेल, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ

लगायतले फुटबलको विकासमा युवाहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखे ।

कमेन्टहरु
Loading...