Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता शुरु

0

पोखरा, २ फागुन /पोखरामा बिहीबार देखी अन्तर लायन्स एट ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । लायन्स क्लब अफ पोखरा डाउन टाउनको आयोजनामा टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा शुरु भएको प्रतियोगितामा लायन्स डिष्ट्रिक ३२५ वि १ अन्तर्गतका १६ टिम सहभागि छन् ।

खेलमा लायन्स क्लव अफ पोखरा सुन्दर नगरीलाई २–० गोल अन्तरले पराजित गरि गोल्डेनचौतारी विजयी भयो । त्यस्तै लायन्स पोखरा माछापुच्छे र हेल्पफुल हेण्डबीचको खेलमा हेल्पफुल ३–०, हेम्जा र आदर्श स्माईलबीचको खेलमा हेम्जा २–०, लायन्स स्याङजा र गोल्डेन सिटीबिचको खेलमा गोल्डेन सिटी ७–१ त्था लायन्स स्टक र आयोजक डाउनडाटन बीचको खेलमा टाईब्रेकरमा डाउनटाउन ४–३ विजयी भएको प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

प्रतियोगिताको लायन्सक क्लब ३२५ वि १ का डिष्ट्रिक भर्गनर अशोक श्रेष्ठले उद्घाटन गर्दै स्वस्थ शरीर नभएसम्म सामाजिक कार्य गर्न नसकिने भएकाले मानव जीवनमा खेलकूदको विशेष महत्व रहेको बताए । क्लवका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्टिक गर्भनर धुर्व थापा, क्लबका निर्वतमान अध्यक्ष हरी पराजुली, जोन चियस पर्सन रहमोहन सुवेदी तथा रिजन चियर पर्सन प्रमोद लामिछाने लगायतले प्रतियोगिताको महत्वका बारेमा प्रकाश पारेका थिए ।

लायन्स क्लबका सदस्यहरुबीच आपसी भाइचारा, सद्भाव र मित्रता कायम गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताईन्छ । प्रतियोगिताको बिजेता टिमले रु. ५५ हजार ५५५, शिल्ड तथा प्रमाणपत्र र उपविजेताले रु. ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न रु. ६ लाख २८ हजार ८८८ खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले बताए । प्रतियोगिता ४ गतेसम्म सञ्चालन हुनेछ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु