पोखरा रंगशालामा शनिबारदेखी क्लबस्तरीय क्रिकेट लिग

पोखरा, २१ वैशाख/पोखरा रंगशालामा कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन र पोखरा राईनोजको सहप्रायोजनमा आज शनिबारदेखि क्लबस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई राउण्ड रोबिनमा खेलाईने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । ‘ओम डेभलपमेन्ट बैंक के.सि.एल’ राखिएको छ । पाँच क्लबले सहभागिता जनाउने प्रतियोगितालाई एक दिवसिय फरम्याट अनुसार ४० ओभरको खेलाउने निर्णय समेत संघले गरेको छ ।

पोखरा क्रिकेट क्लब, अरण्यज्योति, माछापुच्छ«े, सांग्रिला र पोखरा क्रिकेट एकेडेमीले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पत्रकार सम्मेलन ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी खेलकुदको माध्यमबाट आर्थिक विकास हुने भन्दै क्रिकेटको विकास र विस्तारको लागि बैंकले सहकार्य गर्ने बताए । संघले राउण्ड रोबिनमा एक दिवसिय फरम्याटमा भने क्लबस्तरीय लिग भने नगरेपनि टी—२० प्रतियोगिता भने यसअघि आयोजना गरिसकेको छ ।

राउण्ड रोबिन क्रिकेट लिगको टाईसिट सार्वजनिक गरिएको छ । खेले तालिका अनुसार उदघाटन खेल पोखरा क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग खेल्ने छ । आईतबार सांग्रिला क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने छ । सोमबार बैशाख २४ गते भने खेल हुने छैन् । २५ गते भने अरण्यज्योति क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग खेल्ने छ । २६ गते पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबसँग खेल्ने खेल तालिका तय गरिएको छ । विजेता र उपविजेता क्लबले शिल्ड पदक तथा प्रमाण पाउने छन् । प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उदघाटन गर्ने संघका अध्यक्ष सिग्देलले बताए ।

कमेन्टहरु
Loading...