पोखरा फिफा टुर्नामेन्टको उपाधी काठमाण्डौंका समिरलाई

पोखरा १८ माघ /कोल म्यानेजमेन्टको आयोजनामा पोखरामा सम्पन्न फिफा प्रतियोगिताको उपाधी काठमाडौँका समिर गुरुङले उचालेका छन । बुधबार पोखराको भाटभटेनी स्थित पोखरा स्काई स्पोर्टसमा सम्पन्न प्रतियोगितामा विभिन्न ७ शहरबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका ३२ जना प्रतियोगिहरुलाई पाखा लगाउदै प्रतियोगिताको उपाधी सहित नगद ६४ हजार पुरस्कार हात पार्न सफल भएको आयोजक संस्थाका अध्यक्ष राजन केसीले जानकारी दिए ।

प्रतियोगितामा पोखराका राजन लामाले द्वितिय हासिल गर्दै नगद ४० हजार प्राप्त गरे । यस्तै आयोजकले प्रतियोगितामा क्रमश तृतिय स्थान प्राप्त गरेका काठमाण्डौंका प्रगाड श्रेष्ठले २५ हजार प्राप्त गरे भने पोखराका अनिस परियारले चौंथो स्थान हासिल गर्दै१६ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजक संस्थाका सदस्य रविन केसीले जानकारी दिए ।

संस्थाले प्रतियोगितामा पाँचौ देखी ८ औं स्थानसम्म पुग्ने खेलाडीले ६ हजार नगदद्वारा पुरस्कृत भएका छन । यस्तै ९ देखी १६ औं स्थानमा पुग्ने खेलाडीलाई चार हजार पुरस्कारको व्यवस्था गरिएको संस्थाका अर्का सदस्य नवराज पराजुलीले जानकारी दिए । प्रतियोगितामा पोखरा,चितवन,काठमाडौँ,भक्तपुर,ललितपुर,बुटवल र बिराटनगर गरी ७ शहरबाट ३२ प्रतियोगी छनौट भएका थिए ।

कमेन्टहरु
Loading...