मनाङ र आर्मीमा कस्ले जित्ला वर्षको पहिलो उपाधि

पोखरा, ११ वैशाख/वर्षको पहिलो उपाधिको लागि विभागिय टोली त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको मैदानमा आज भिड्दै छन् । पाँच लाख ५ हजार राशीको पुरस्कारको हकदार बन्ने अभियानमा दुवैले आफुलाई अब्बल द¥याएका छन् । यद्यपी बाजी कसले मार्छ भन्न सकिने अवस्था छैन् ।

मनाङ र आर्मीमा कस्ले जित्ला वर्षको पहिलो उपाधि
मनाङ र आर्मीमा कस्ले जित्ला वर्षको पहिलो उपाधि

पोखरा आउनु अघि आर्मीले मनाङलाई पराजित गर्दै झापा गोल्डकपको फाईनल हुदैं उपाधि उचालेको थियो । त्यसको बदला लिन मनाङ आतुर देखिएको छ । राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीलाई मैदानमा उतारेर आर्मी विरुद्धको खेल जितेर आफनो गर्विलो छाप छोड्ने अग्रसर देखिएको छ । आर्मी पनि पोखराको मैदानमा मनाङसित पराजित हुदैं आएको तितो ईतिहासलाई विर्सेर नयाँ श्रृखंला शुरु गर्ने छ ।

पोखरामा केही महिना अघिमात्रै आयोजित आहा गोल्डकपमा आर्मी मनाङसित पराजित भएको थियो । सिमरा गोल्डकपमा पनि आर्मी मनाङकै शिकार भएको थियो । दुई खेलमा पराजित आर्मीले झापामा भने मनाङलाई पन्छाउँदै उपाधि हत्याउन सफल बन्यो । दुवै टोलीको फुटबल छवि स्वच्छ र सुन्दर छ । कमजोर आक्ने सम्भावना दुवैमा छैन् । तर एक अर्काको रणनीतिलाई बुझेर मात्रै आफना एघार जना खेलाडीलाई परिचालन गर्ने धुनमा दुवै टोलीका प्रशिक्षक छन् ।

‘पोखराकै मैदानमा मनाङसित केही महिना अघि पराजित भएका थियौं । अब त्यो घटना फेरी यही मैदानमा दोहो¥याउन चाहन्नौं ।’ आर्मीका प्रशिक्षक मेघराज केसीले भने—‘झापा गोल्डकपमा पराजित गरेका हौं । फेरी पराजित गर्ने क्षमता राख्छौं ।’ आर्मीलाई राष्ट्रिय गोलकिपर विकेश कुथुमाथि पूर्णरुपमा भरोसा छ । भरत खवास र नवयुग श्रेष्ठको स्ट्राइकिङ लाईनले मनाङलाई तर्साउने अपेक्षा गरिएको छ ।

मनाङ पनि राष्ट्रिय टोलीको गोलकिपर किरण चेम्जोङको आत्मविश्वासमा खेल्ने छ । घरेलु मैदानमा अनिल गुरुङको प्रदर्शन पनि लोभलाग्दै हुने आशा धेरैले गरेका छन् । विशाल राईले मध्यंपक्ति सम्हाल्दा ढुक्क हुने छन् । त्यसो त अन्य खेलाडीको प्रर्दशन पनि उत्तिकै लोभलाग्दो छ । आर्मी भन्दा मनाङ राष्ट्रिय खेलाडीको बाहुल्यताले केही उत्कृष्ठ ठहरिने सम्भावना पनि उस्तै छ ।

‘झापामा हाम्रो सेट टिम पुरा थिएन् ।’ झापामा पराजित हुदाँको यथार्थ सुनाउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङले भने—‘अहिले पुरा सेट टिम छ । कमजोरी सुधादैै अगाडि बढेका छौं । पोखराको मैदानमा बनाएको छविलाई अझ उचाईमा पु¥याउने लक्ष्यमा मनाङ छ ।’

कास्की जिल्ला फुटबल संघले शनिबार उपाधिको टुंगो लगाई केही महिना विश्राम लिने छ । त्यसपछि यसै वर्षको मध्यमा छैटौं संस्करणको तयारी थाल्ने छ । भूकम्प र नाकाबन्दीले थलिएको अवस्थाकै कारण चैतको अन्त्यमा पु¥याएको मनकामना केवलकार पोखरा कपको विजेतालाई संघले पाँचलाख पाँचहजार नगद पुरस्कार टक्र्याउने छ । उपविजेताको भाग्यमा पनि दुई लाख ५५ हजार पर्ने छ । मनकामना दर्शन प्रालिको मुख्य प्रायोजन गरेको प्रतियोगितामा बेष्ट फाईभलाई नगद पुरस्करा प्रदान गरिने छ भने उत्कृष्ठ खेलाडीको मोटरसाईकल चढेर गन्तव्यमा पुग्ने छन् ।

कमेन्टहरु
Loading...