मनाङ मस्र्याङदी पोखरा कपको फाइनलमा

पोखरा, ८ बैशाख /लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी पोखरामा जारी पाँचौ मनकामना पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । विभागीय टिम शसस्त्रको एपीएफ लाई ५–० गोल अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको हो ।

बुधवारको खेलमा मनाङको टीम क्याप्टेन अनिल गुरुङले खेलको ३२ औ मिनेटमा मनाङका लागि पहिलो गोल गरेका थिए । अनिलको गोल पश्चात मनाङका खेलाडी अफेज ओलावाले खेलको ४०, ४६ र ५० औ मिनटमा लगातार तीन गोल गरेका थिए । खेलको ७६ औ मिनेटमा रवि पास्वानले पाँचौ गोल गरेका थिए । खेलमा ह्याट्रिक गर्न सफल अफेज ओलावाले खेलको म्यान अफ दी म्याच घोषित भए ।

मनाङ मस्र्याङदी क्लवले बिहीबार हुने धरान फुटवल क्लव र त्रिभुवन आर्मी बीचको बिजेता संग उपाधीका लागि शनिवार भिड्ने छ । मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अघिल्लो खेलको गल्तीलाई सुधार गरेर बुधवारको खेल खेलेको हुदा नतिजा राम्रो भएको वताए । बुधवारको खेलमा खेलमा बिपक्षीलाई दवावमा पारेकै कारण वढी गोल गर्न सफल भएको उनको भनाइ रहेको थियो । एपिएफका प्रशिक्षक जनक सिंङले आफ्नो टीम राम्रो भएतापनि बुधवार राम्रो खेल खेल्न नसकेको वताए ।

कमेन्टहरु
Loading...