थ्री स्टारलाई हराउदै आर्मी पोखरा कपको सेमिफाईनलमा

पोखरा ०६ वैशाख/विभागिय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्ने खेलमा थ्रिस्टार क्लबलाई १—० ले हराउदै आर्मी अन्तिम चारमा पुगेको हो ।

थ्री स्टारलाई हराउदै आर्मी पोखरा कपको सेमिफाईनलमा
थ्री स्टारलाई हराउदै आर्मी पोखरा कपको सेमिफाईनलमा

आर्मीको जितमा विमल रानाको एक मात्र गोलनै निर्णायक बन्यो । खेलको ६१ औं मिनेटमा सन्तोष तामाङको फ्रि किक बललाई रानाले हेड मार्फत गोलमा परिणत गरेका थिए । ८१ औं मिनेटमा थ्रिस्टारका पिटरको पावर किक आर्मीका गोलरक्षक विकेश कोथुले असफल पारिदिएका थिए ।

आर्मीले थ्रिस्टारलाई पोखराको मैदानमा हराएको यो तेस्रो पटक हो । पोखरा कपमा पहिलो संस्करणको उपविजेता आर्मीले अव फाईनल प्रबेशको लागि धरान फुटवल क्लव र दिल्ली फुटवल क्लव भारतविच मंगलवार हुने खेलको विजेतासँग बैशाख ९ गते प्रतिश्पर्धा गर्नेछ । यसअघिको खेलमा जित हात पार्दै एपिएफ क्लब र मनाङमस्र्याङदी क्लव सेमिफाईनल प्रबेश गरिसकेका छन् ।

सोमबारको खेल पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया गर्दैै त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले पहिलो हाफमा खेल राम्रो खेल्न नसकेको वताए । दोश्रो हाफमा खेलको रणनिती परिवर्तन गर्दै मैदानमा उत्रेको खेलाडीले दोश्रो हाफमा भने राम्रो खेल प्रस्तुत गरेको केसीले वताए । आर्मीको तर्फबाट टेक्निकल कमजोरी र धरै त्रुटिपूर्ण खेल भएको पासहरु मिस भएका कारण खेल राम्रो हुन नसकेको केसीको भनाइ रहेको थियो ।

त्यस्तै थ्रिस्टारका प्रशिक्षक राजेन्द्र तामाङले आर्मीको खेल काउण्टर एट्याक गर्ने रणनितीमा खेलेकै कारण सोमबारको खेलमा हार ब्यहोर्नुपरेको वताए । थ्रिस्टारबाट आजको खेल राम्रो प्रस्तुत भएको भएतापनि खेलमा हार भएको तामाङले वताए ।मंगलबारको खेल धरान फुटबल क्बल र भारतको दिल्लि युनाइटेड विच हुनेछ ।

कमेन्टहरु
Loading...