थ्रीस्टारलाई हराउदै एपीएफ पोखरा कपको सेमिफाइनलमा

पोखरा, २० माघ /पोखरामा जारी मनकामना केबुलकार पोखरा कपमा थ्रीस्टारलाई हराउदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनमा प्रबेश गरेको छ । खेल शुरु भएको ३५ सेकेण्डमै गोल गर्दै एपीएफले अग्रता लिएको थियो । एपिएफलाई राजीब लोप्चानको ‘कर्भ पास’मा डिबक्स भित्रबाट सन्तोष श्रेष्ठले गोल गर्दै अग्रता दिलाए ।

त्यही गोलले एपीएफले रुस्लान थ्रीस्टारको चुनौति पन्छाउँदै अन्तिम चारको ढोका खोल्यो । घरेलु फुटबलमा उत्कृष्ठ प्रदर्शनको छाप छोडेको रुस्लान थ्रीस्टारले ३५ सेकेण्डमै गोल खाएपछि दर्शक पनि आश्चर्यचकित हुन पुगे । सेन्टरबाट आफैंले शुरु गरेको बल राईट(दायाँ) एट्याकिङ डिफेन्सले लङपास दिने क्रममा शसस्त्रले आफनो डिबक्स लाईन अघि नै कलेक्ट गर्दै लोप्चानलाई पास उपलब्ध गराएका थिए । लोप्चानले डिफेन्सलाई कटाउँदै श्रेष्ठलाई पास मिलाईदिएका थिए ।

खेलको २६ औं मिनेटमा अर्को गोलको अवसरलाई शसस्त्रले खेर फाल्यो । राजीव लोप्चानले होनको लेफ्ट सट सेकेण्ड बार नजिकैबाट बाहिरिएपछि प्लेयरबक्सका खेलाडी तथा अफिसियल चुकचुकाएका थिए । खेलमा म्यान अफ दि म्याचको पुरस्कार शसस्त्रका डिफेन्स रमेश दंगाल घोषित भए ।
पहिलो हाफ गोल अन्तरमा पछि परेको थ्रीस्टारले गोलको अवसर सृजना गर्न सकेन् ।

अधिकांश बल शसस्त्रको डिफेन्स लाईनबाट क्लियर र गोलकिपरले बचाउ गर्दै शसस्त्रको अग्रता बनाई राखे । कास्की जिल्ला फुटबल संघको आयोजना भएको प्रतियोगितामा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पाहुना टोली डाफिन्स क्लब परिवार क्यामरुन बीच हुने छ ।

कमेन्टहरु
Loading...