प्रमिसको प्रदर्शनमा नवलपुर विजयी

पोखरा, ५ फागुन / प्रमिस अर्यालले उत्कृष्ट व्याटिङ्ग गरेपछि पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिता नवलपुर विजयी भएको छ । आइतबारको खेलमा नवलपुरले स्याङजालाई ७९ रनले पराजित गरेको हो ।

टस जितेर व्याटिङ्ग गरेको नवलपुरले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ११ रनको योगफल तयार पा¥यो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच प्रमिस अर्यालले ११ चौका प्रहार गर्दै ८३ रन बनाए । त्यस्तै प्रविण भुजेलले २७ तथा खिम मल्लले २३ रनको योगफल तयार पारे ।

स्याङजाको बलिङमा राम खनालले ५, किरण भट्टराईले २ तथा जनक भट्टराईले १ विकेट लिए । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको स्याङजा ३६.४ ओभरमा १ सय ३२ रनमै समेटियो । स्याङजाका सुजन गौतमले ३५ तथा सौजन्य रेग्मीले २५ रन बनाए ।

नवलपुरको बलिङमा सुसिल क्षेत्रिले ३ तथा साहिल ढकाल, स्विकार श्रेष्ठ र सुरज आचार्यले समान २–२ विकेट लिए । आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवरले म्यान अफ द म्याच अर्याललाई फरेन लिङ्क एजुकेशनल कन्सल्ट्यान्सीद्वारा प्रायोजित म्यान अफ ट्रफि प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...