पोखरामा जारी भेट्रान्स एट ए साइड फुटबलमा कन्चनजंघा, इन्द्रेणी, बगर, चितवन र दिप युनाइटेड बिजयी

पोखरा, ३ माघ /पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को बुधबारको खेलमा भारतको कंचनजघा, इन्द्रेणी एकीकृत बिकास केन्द्र, आयोजक बगर भाइखलक ए र दिप युनाइटेड बिजयी भएका छन ।

सम्पन्न पहिलो खेलमा भारत सिलिगुडी दार्जिलिङले स्थानिय लेकसाइड पोखरालाई २–१ ले पराजित ग¥यो । खेलमा सिलिगुडीका म्यान अफ दि म्याच विद्या राईले एक गोल गरे भने सुरज थापाले एक गोल गरे । लेकसाइड पोखराका तर्फ बाट एक मात्र गोल पंकज घिमिरेले गरे ।

त्यसै गरि दोश्रो खेलमा इन्द्रेणी एकिकृत बिकास केन्द्र पोखराले साइनिङ सन कैलालीलाई २–१ गोल अन्तरले पराजित ग¥यो । इन्द्रेणीका तर्फ बाट राम प्रसाद गुरुङ र चित्र थापाले एक एक गोल गरे भने साइनिङ सनका लागि सुमन श्रेष्ठले एक गोल फर्काए । उनी खेलका म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरि चितवन भेट्रानले जावलाखेल युथ क्लब काठमाडौलाई ३–० गोलले परारिजत गरेको छ । सम्पन्न खेलमा बिजयी टिमका रबिन्द्र श्रेष्ठले २ र सूर्य नारायण मानन्धरले एक गोल गरे । तर खेलमा उत्कृष्ट खेल पदर्शन गर्दै म्यान अफ दि म्याचको पुरुस्कार जावलाखेलका राज कुमार केसीले पाए ।

सम्पन्न अर्को खेलमा दिप युनाइटेड पोखराले सिमरन भेट्रान्सलाई टाइ व्रेकरमा पन्छाएको छ । निर्धारित खेल अवधीमा २–२ गोल भए पछि टाइव्रेकरमा दिप युनाइटेड ३–२ गोल अन्तरले बिजयी बन्यो । खेलको निर्धारित समयमा पूर्व राष्ट्रिय खेलाडी बसन्त गुरुङले दिप युनाइटेडका लागि २ र प्रेम पुनले एक र सिमराका लागि रमेश कुमार शर्माले २ गोल गरेका थिए । खेलमा गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

बेलायतको बगर भाइ खलक युकेको टिम खेलको निर्धारित समयमा मैदानमा उपस्थित हुन नसक्दा वाक ओभरका आधारमा आयोजक बगर भाइ खलक ए बिजयी बनेको छ । बगर भाइ खलक युकेको टिम फ्लाइट ढिला भएका कारण उपस्थित मैदानमा हुन नसकेको आयोजकले जनाएको छ ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने सचिव मानकाजी गुरुङले बताए ।

त्यस्तै सर्वाधिक गोलकर्ता ट्रफी सहित नगद ५ हजार फाइनल म्याचको म्यान अफ दि म्याच ट्रफी सहित नगद पांच हजार, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिदैं आएको छ । प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको छ भने प्रतियोगिता ६ गते समापन हुनेछ ।

कमेन्टहरु
Loading...