अन्तर कलेज बास्केटबल प्रतियोगिता मंगलबार देखि

पोखरा, २८ साउन / स्वतन्त्र विद्यार्थी परिषद् पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा मंगलबार देखी प्रथम पिइसी अन्तर कलेज बास्केटबल प्रतियोगिता शुरु हुदैछ ।

प्रतियोगितामा १५ टिमको सहभागीता रहने स्वतन्त्र विद्यार्थी परिषद् पोखरा इन्जिनियरिङ कलेजका अध्यक्ष किशोर सुबेदीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ भने दोस्रो हुने टिमले १५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने सुबेदीले बताए । प्रतियोगिता केलजको खेलमैदानमा हुने छ ।

कमेन्टहरु
Loading...