नेपाली क्रिकेट टोली नेपाल आयो, काठमाडौमा भब्य स्वागत

काठमाडौ, १६ मंसिर/नेपाललाई ट्वान्टी २० विश्वकपमा पुर्‍याएको नेपाली क्रिकेट टिमका सदस्यहरु नेपाल फर्कीएका छन् । उनिहरुलाइै त्रिभुवन विमानस्थलमा उत्रिएपछि स्वागत गर्नेको ओहिरो लागेको थियो । फ्लाई दुबई एयरलाइन्सबाट नेपाल उत्रिएकाखेलाडिलाई विमानस्थलमा भव्य स्वागत कार्यक्रमले गर्दा राजधानीको ट्राफिक अस्तव्यस्त भएको थियो ।

paras khataविमानस्थलमा नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ । सरकारको तर्फबाट कृषि मन्त्री टेकबहादुर थापा घर्ती स्वागतका लागि विमानस्थलमा पुगेका थिए। क्रिकेट समर्थकहरु फूलामाला, अवीर र राष्ट्रिय झण्डा बोकेर बाजागाजासहित विमानस्थलमा पुगेका थिए ।

त्यसलगत्तै टिमलाई रथमा राखेर परिक्रमा गरिएको थियो । नेपाली टिमलाई भव्य सजाइएको गाडीमा राखेर एयरपोर्टबाट सिनामंगल, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार हुँदै नक्सालस्थित खेलाडी बस्दै आएको होटल क्राउन प्लाजामा लगेर राखिएको छ ।

स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी, खेलाडी,नेपाली फ्यानहरुको अहिले एयरपोर्टमा उल्ल्ख्य उपस्थिति रहेको थियो ।

यस्तै, नेपाली टिमले भोलि किर्तीपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जर्नी टु वल्र्डकप खेल खेली टिमका सदस्यलाई मन्त्रिपरिषद् अध्यक्षसहित विभिन्न राजनीतिक दलका नेता र व्यवसायी उपस्थित डिनर कार्यक्रममा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

बुधबार उपत्यकाका मुख्य ठाउँमा रथमा राखेर नेपाली खेलाडी र पदाधिकारीलाई परिक्रममा गराइने क्यानले जनाएको छ ।

कमेन्टहरु
Loading...