प्यारामाउण्ट कप भलिबलको उपाधि न्यु डायमण्डलाई

काठमाडौं, २१ बैशाख/प्रथम प्यारामाउण्ट कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगितामा न्यु डायमण्ड च्याम्पियन बनेको छ । शनिवार भएको फाईनल खेलमा न्यु डायमण्डले आयोजन प्यारामाउण्टलाई ३–० को सोझो सेटमा हरायो ।

पहिलो सेटमा २१–२३ ले पछि परेको न्यु डायमण्डले खेलमा फर्कदै लगातार चार अंक जोडे पछि २५–२३ को सेटमा आफ्नो पक्षमा पारेको थियो । दोश्रो र तेश्रो सेटका न्यु डायमण्डले आयोजकलाई २५–१७ र २५–१४ मा रोक्दै च्याम्पियन बन्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमण्डकी बाल्मिका आचार्यले सर्वोकृष्ट खेलाडीको उपाधि जितिन् ।

उनले आर्कषक ट्रफि र नगद २ हजार हात पारिन् । बिद्यागततर्फ उत्कृष्ट स्पाईकरको उपाधि प्यारामाउण्टकी सृष्टि खड्कीले जितिन् । आयोजक प्यारामाउण्टकै अनिषा श्रेष्ठ उत्कृष्ट सेटर चुनिईन् । न्युडायमण्डकी रश्मिता दुराले उत्कृष्ट डिफेन्स, रिया कुवँरले उत्कृष्ट सर्भरको उपाधि हात पारे । उत्कृष्ट प्रशिक्षकको उपाधि न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले हात पारे ।

बिद्यागततर्फका सवै बिजेताले नगद १ हजार पनि प्राप्त गरेका थिए । त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बी टिमले परोपकार नेपाललाई २५–२३,२१–२५,२५–२३,१९–२५ र १५–१० को सेटमा हरायो । उपाधि बिजेता टिम न्युडायमण्डले नगद २० हजार,उपबिजेता आयोजकले १५ हजार,तेश्रो हुने आयोजक बीले १० हजार र चौथो हुने टिमले फियर प्ले अवार्डका साथै नगद ५ हजार प्राप्त गरे ।

बिजेता टिम तथा खेलाडीलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्द, आयोजक प्यारामाउण्ट स्कुलका प्रिन्सिपल गोकर्ण लिम्बुलगायतले पुरस्कृत गरेका थिए ।

कमेन्टहरु
Loading...