एशियाली खेलमा जाने प्याराग्लाइडिङ २१ खेलाडी पोखरा छनौट

सागर राज तिमिल्सिना
पोखरा, १४ चैत /पोखरामा व्यवसायीक रुपमा फष्टाएको प्याराग्लाइडिङले अब भने खेलको रुप लिदै छ । १८ औं एशियाली खेलकुदमा नेपालबाट प्याराग्लाइडिङ खेल खेल्न जाने भए पछि खेलाडीहरु पनि मख्ख परेका छन् । इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा प्याराग्लाइडिङ खेलमा सहाभागिता जनाउने खेलाडीको बुधबार छनौट भएको छ ।

एशियाली खेलकुदमा नेपालबाट इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रसकन्ट्रीमा प्रतिष्पर्धा गर्दैछ । तीन वटै इभेन्टमा सहभागीता जनाउन २१ जना खेलाडी छनौट भएका छन् । बुधबार भएको एकुरेसी प्रतिस्पर्धा र अघिल्लो प्रतिस्पर्धाको नम्बरलाई जोडेर खेलाडी छनौट गरेको नेपाल हवाइ खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए । एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए ।

टिम क्रसकन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालका ६ जना खेलाडी समेत रहेका छन् । नेपालले अन्य देशमा भएका प्रतियोगितामा राम्रो प्रर्दशन गरेका कारण मेडल जित्ने रावत बताउ छन् । उनले नेपाल भन्दा कोरियार र जापानीज खेलाडी अगाडी रहे पनि नेपालले गोल्डमेडल जित्ने उनको भनाई छ । इण्डोनेशियाको जर्कातामा १८ अगस्त देखि सेप्टेम्बर २ सम्म १८ औं एशियाली खेलकुद प्रतियोगिता हुदैछ ।

सो प्रतियोगितामा सहभागी हुन टिम क्रसकन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराई, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराई छनौट भएका छन् । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, नारन पराजुली, युबराज सुनुवार, मदन कुमार सुनुवार, शुवास थापा, अनिष भट्टराई, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर, बिशाल थापा र भुवन आचार्य छन् । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन । १६ वर्षका युकेशले हाल एसइई परिक्षा समेत दिइरहेका छन् । प्याराग्लाइडिङ खेलका नेपालका टिम क्याप्टेन विमल अधिकारीले युवाहरु धेरै भएका कारण उपाधी जितेर आउने बताए ।

बुधबार २१ जना छनौट भएका खेलाडीबाट टिम क्रसकन्ट्रीका लागि ५ जना र इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसीका लागि ५ जन गरि १० जना खेलाडी छनौट गर्ने नेपाली टिमका टिमकोच सानुबाबु सुनारले बताए । उनले खेलाडीहरुलाई प्रतियोगिता भन्दा अगाडी चिनमा हुने प्रतिस्पर्धामा सभागी बनाउने र बन्द प्रशिक्षणमा राख्ने बताए । नेपालले एशियाली खेलकुदमा १७ वटा खेलमा सहभागीता जनाउदै छ ।

एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । हाल प्याराग्लाइडिङ खेल नेपालको पोखरा, स्याङजा, धरान र सुर्खेत हुने गरेको छ । पोखरामा मात्रै ६० भन्दा वढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनीहरु रहेका छन भने नेपालमा करिब ४ सय व्यवसायीक पाइलटहरु छन् । एशियन खेलमा नेपाल पदक विहिन हुर्दै आएको छ । यस वर्ष प्याराग्लाइडिङको समाबेस पछि नेपाल पदक विहिन हुनु पर्दैन की ?

कमेन्टहरु
Loading...