एशियाडमा पदक विजेता प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा भव्य स्वागत (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, १९ भदौ /इण्डोनेसियामा आयोजित १८ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता नेपाली

प्याराग्लाइडिङ टोलीलाई घरेलु शहर पोखरामा भव्य स्वागत गरेका छन् । खेलाडी, प्रशिक्षकलाई नागरिक

अभिनन्दन सहित सम्मान भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाईडिङ

तथा ह्याङग्लाईडिङ संघ र पाईलट क्लबले संयुक्त आयोजनामा पोख्रेलीले भव्य स्वागत गरे । पोखरा

विमानस्थलबाट उनीहरुलाई नगरपरिक्रमा गरेर पोखरा रंगशाला पु¥याएका थिए ।

पोखरा विमानस्थल ओर्लिएपछि खेलाडीलाई बाजागाजासहित पोखरा बजार परिक्रमा गर्दै नागरिक अभिनन्दन

गराई साथ पोखरा रंगशालामा लगिएको संयोजक दिपक गोदारले जानकारी दिए । विमानस्थलबाट मुस्ताङचोक,

विरौटाचोक, ड्यामसाईड, शहीदचोक, गौरीघाट, बाराहीचोक, हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक,

न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदैं पोखरा रंगशालामा पुगेर सम्मान कार्यक्रम भएको थियो ।

प्याराग्लाइडिङको पुरुष टिम इभेण्टमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल

थापा सहभागि थिए । महिला तर्फ त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धाको लागि जकार्ता पुगेका

थिए । उनीहरुको साथमा प्रशिक्षक योगेश भट्टराई, सानोबावु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत इण्डोनेसिया

गएका हुन् ।

नेपाली प्याराग्लाइडिङ टिमले छ वटा पदकमा प्रतिस्पर्धा गरेका थिए । एक्युरेसी एकल र युगलमा महिला तथा

पुरुष तथा क्रसकन्ट्री विधामा पुरुष र महिला टिमले प्रतिस्पर्धा उत्रिएका थिए । यद्यपी पदक भने पुरुष टिम

क्रसकन्ट्रीमा जापानसँग २७ अंकले पछि पर्दै रजत पदकमा चिक्त बुझाएको थियो । पोखरामा प्याराग्लाईडिङ

शुरु भएको २० वर्ष वित्यो । २० वर्ष पुगेकै अवस्थामा नेपाललाई रजत पदक दिलाएको हो ।

नेपालमा प्याराग्लाईडिङ पोखराबाटै शुरुवात भएको हो । सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङको शुरुवात

भएको हो । पहिलो सहभगिता जनाएको प्याराग्लाइडिङ खेलले २० वर्षपछि पुरुष क्रस कन्ट्री टिम इभेण्टमा रजत

पदक जितेको थियो । नेपाललाई पहिलो रजत पदक भने सन १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी

थिईन् ।

कमेन्टहरु
Loading...