प्याराग्लाइडिङ क्रसकन्ट्रीमा पहिलो दिन नेपाल तेस्रो स्थानमा

पोखरा, ९ भदौ / एसियाडमा प्याराग्लाइडिङमा पदकको आशा गरिएको विधा क्रस कन्ट्रीमा नेपाली टिमले पहिलो

दिन तेस्रो स्थान हासी गरेको छ । ३१ किलोमिटरको टास्क पुरा गर्दै तेस्रो स्थानमा रहेको हो । नेपालले २२५५

अंकसहित तेस्रो स्थानमा रहदाँ पदकको आशालाई भने जिवितै राखेका छन् ।

पुरुष क्रसकन्ट्री तर्फ आयोजक इण्डोनेसियाले ३१ किलोमिटरको दुरीमा राखिएको आठ वटा प्वाईन्टको टास्क

पुरा गर्ने क्रममा २९१७ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा कोरिया छ । कोरियाले २५०० अंक जोड्यो ।

जापान भने २०२४ अंकसहित चौथो स्थानमा छ ।

महिला तर्फ भने नेपाली टिम चौथो स्थानमा छ । पहिलो राउण्ड सकिदाँ नेपालले २८५ अंक मात्रै जोडेको छ ।

कोरियाले १०३६ अंकसहित शीर्ष स्थानमा रहदाँ जापान ६४४ अंकसहित दोस्रो र आयोजक इण्डोनेसिया भने ४७९

अंकसहित तेस्रो स्थानमा छ ।

पाँच खेलाडीले मात्रै शनिबारको टास्क पुरा गरेका थिए । जसमध्ये युकेश गुरुङले मात्रै टास्क पुरा गरेको

प्याराग्लाइडिङका अफिसियल शैलेन रावतले जानकारी दिए । उनका अनुसार युकेशले ३१ किलोमिटरको टास्क

पुरा गर्दा अन्य नेपाली खेलाडीले भने केवल १४ किलोमिटर दुरीको टास्क मात्रै पुरा गरे । टास्क प्रत्येक खेलाडीले

पुरा गर्नुपर्छ । जसले धेरै प्वाईन्ट राखिएको टास्क पुरा गर्छ उसैले जित्छ ।

‘विहानको मौसम खराब थियो । त्यसैले युकेश बाहेक अन्यले टास्क पुरा गर्न सकेनन् ।’ उनले भने–‘तर पनि

अझै चार राउण्ड बाँकी छ । लेष्ट्स होप फर मेडल ।’ मौसमले साथ नदिएको भएपनि खेलाडीले राम्रो प्रदर्शन गर्दै

तेस्रो स्थानमा आएकोप्रति अफिसियल रावतले भने खुशी व्यक्त गरे ।

इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी,

शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ,

प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने छन् । पाँचौ राउण्डमा फाईनल हुन्छ । प्रत्येक दिन टास्क भने

फरक फरक हुन्छ ।

कमेन्टहरु
Loading...