लेखनाथको पचभैया भएको भलिबलको उपाधी लालीगुँरासलाई

पोखरा, ९ बैशाख / पचभैया प्रगतीशील युवा मञ्च पोखरा–३१ द्वारा आयोजित प्रथम पचभैया वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी लालिगुँरास क्लब तनहुँले हात पारेको छ ।

आइतबार सम्पनन्न फाइनल खेलमा तप्रा· यूवा क्लब मादी गाउँपालिकालाई हराउदै बिजेता बनेको हो । बेष्ट अफ फाईबमा खेलाइएको फाइनलमा १८–२५, २७–२५,२५–२० र २५–१८ को सेटमा लागिगुराँसले जित हात पारेको थियो । उपाधिसँग लालिगुराँसले ५० हजार एक सय ५ रुपैया नगद, शिल्ड र मेडल प्राप्त ग¥यो उपविजेता तप्रा·ले शिल सहित ३० हजार ५५ रुपैया हात पा¥यो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लालिगुँरासका सन्दिप हमाल घोषित हुँदै नगद ३ हजार हात पारे । बेस्ट स्पाईकरमा तप्रा·का हितमान गुरुङ र अनुशासित टिममा जनजागरण विकास केन्द्र घोषित हुँदै क्रमशः नगद २ हजार र ५ हजार प्राप्त गरे ।

आइतबार आयोजित समापन समारोह कार्यक्रममा प्रहरी नायक उपरिक्षक रबिन्द्रमान गुरुङ, नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, यूवा व्यवसायी जीवन पौडेल लगायतलाई सम्मान गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं ३१ ले संयोजन गरेको प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रीला रीसोर्ट प्रा.लि. र सह प्रायोजकका रुपमा सह प्रायोजकमा बुद्ध पावर कम्पनि रहेको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुङ्खोला खानेपानी आयोजना,पचभैया रहेको थियो भने दित्तिय पुरस्कार प्रायोजकमा पचभैया सामुदायीक बन उपभोक्ता समिति, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी रहेको थियो । त्यस्तै सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु रहेका थिए ।

पचभैयाको पर्यटन प्रवद्र्धनसहित मञ्चले निर्माण गर्न लागेको खेलमैदानको बिकासका लागि प्रतियोगिता आयोजना गरीएको हो । आफ्नै मैदान निर्माण भईसकेपछि आगामी संस्करणहरु सोही स्थानमा सञ्चालन गरीने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...