प्याबसन स्पोर्टस मिटः फुटबल, एथ्लेटिक्सका र भलिबलका खेल जारी

पोखरा, २ पुस / निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत फुटबल, भलिबल र एथ्लेटिक्सका खेलहरु जारी रहेका छन् ।

बुधबार सम्पन्न छात्र सिनियर फुटबलतर्फ सम्पन्न खृलमा स्नो भ्यूले नवदिपलाई २–० ले, शान्ती निकुञ्जले रेन्बो एकेडेमीलाई ३–१ गोलले, हार्वडले जेसिएलाई ३–० र मेरि गोल्डले ग्लोबललाई २–१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

यसै गरि छात्र जुनियर फुटबल तर्फ नवदिप, प्रगती नेपाल आर्दश र शान्ती दिप क्वाटर फाइनलमा प्रवेश गरेकाछन । विहिबार बाट छात्र फुटबल सिनियर तथा जुनियर तफै क्वाटर फाइनलका खेलहरु शुरु हुनेछन ।

एथ्लेटिक्स

पोखरा रंगशालामा सम्पन्न एथ्लेटिक्सतर्फका खेलहरु जारि रहेको मध्ये केही इभेन्टहरु आज सम्पन्न भएका छन । १०० मिटर छात्रातर्फको खेलमा बाल कल्याणकी सृष्टी तामाङ १५.२५ सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन । यसै गरि १५.६० सेकेण्डमा दुरी पार गर्दै टप्सकी ईयामी गुरुङ द्वितिय र १५.६५ सेकेण्डमा पार गर्दै जेशिएकी समिक्षा भट्टराई तृतिय भइन ।

यसै गरि छात्रतर्फ १०० मिटर दौडमा १२.५४ सेकेण्डमा दुरी पार गर्दै मेरी गोल्डका बिजु गुरुङ प्रथम भएका छन । भाष्कार मेमोरियलका निर्दोष सुबेदी १२.६० सेकेण्ड र टप्सका आशिष राना १२.६२ सेकेण्डमा दुरी पार गर्दै क्रमश दोश्रो र तेश्रो भए ।

हाइजम्प छात्रतर्फ हार्वड एकेडेमीका सुमित गुरुङ प्रथम, बेथानीका मेहमद हुसेन द्वितिय र ग्लोबलका सूरज गुरुङ तेश्रो भएका छन । यस्तै छात्रा तर्फको हाइजम्पमा टप्सकी सबिना खातुन मिया प्रथम, गोल्डेन नेचरका आरती खाँड ठकूरी द्वितिय र ग्लोबल कलेजियटकी सदिक्षा तिमिल्सिना र ढुङ्गेसाँघु बोर्डिङकी सहारा लामगादेले तृतिय स्थान हासिल गरे ।

भलिबल

भलिबल छात्रतर्फ सम्पन्न खेलमा लिटिल स्टेपले चिरगादीलाई २५–२१ र २५–१७ ले, ताराकुञ्जले हार्वडलाई १६–२५, २५–१८ र २७–२५ ले, सृजनाले कन्चनजंघा एकेडेमीलाई २५–३ र २५–२३ ले र धौलागिरीले अल्फाले २५–२३, २१–२५ र २५–२३ ले पराजित गरेकाछन ।

यसै गरि छात्रतर्फनै भएको अन्य खेलमा डायमण्डले कन्जनजंघा बोर्डिङलाई २५–११ र २५–२१ ले, रेन्वो एकेडेमीले एक्स आर्मीलाई २६–२४ र २५–१२ ले, सबलाइमलाई लिटिल ड्याफोडिललाई २५–१७, २०–२५ र २५–१९ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको भलिबलका संयोजक विश्व बास्तोलाले बताएका छन् ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टसमा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूद इभेन्टहरुमा सहभागिता जनाएको कास्की प्याबसनका अध्यक्ष प्रेम शर्माले बताएका छन् ।

प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबल तर्फ १७ टिम छात्र तर्फ २४ र टेबुल टेनिसमा छात्र–छात्रा गरि ३९ विद्यालयहरुको सहभागिता रहेको छ ।

कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...