एन–प्याब्सान स्पोर्टस् मिटमा आदर्श र कास्की मोडनाइज छात्रा फुटबलको सेमिफाइनलमा, छात्रतर्फ प्रिक्वाटरका खेल सम्पन्न

पोखरा, २ पुस। नेशनल प्याब्सान कास्कीको आयोजनामा पोखरामा जारी १० औं एन–प्याब्सान स्पोर्टस् मिट–२०७० अन्तर्गत आदर्श बोर्डिङ स्कुल र कास्की मोडनाइज एकेडेमी छात्रा फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। म·लबार पोखरा–१३ माछापोखरीमा भएको पहिलो क्वाटरफाइनल खेलमा बड्स एकेडेमीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै आदर्श बोर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो क्वाटरमा छात्रतर्फ सिद्धिविनायक बोर्डिङ स्कुललाई ३–० ले पराजित गर्दै कास्की मोडनाइज एकेडेमी पनि सेमिफाइनलमा प्रवेश ग¥यो। दुवै टीम पुस ४ गते फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्। यस्तै हेमजा बोर्डिङ स्कुललाई ३–१ ले पराजित गर्दै गोर्खा बोर्डिङ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ। युनिभर्स बोर्डिङ स्कुललाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै लेखनाथ मेमोरियल स्कुल र न्यू ग्यालेक्सी पब्लिक स्कुललाई ३–० ले पराजित गर्दै अक्सफोर्ड बोर्डिङ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बुधबार चिल्ड्रेन्स एकेडेमी र गोर्खाबीच पहिलो क्वाटर तथा लेखनाथ मेमोरियल र अक्सफोर्ड स्कुलबीच दोस्रो क्वाटरफाइनल खेल हुने प्रचार–प्रसार संयोजक मनकाजी गुरुङले जानकारी दिए।

पोखरा र·शालामा जारी छात्र फुटबलअन्तर्गत हावर्ड एकेडेमी, द वीज्डम कास्की, कान्तिपुर एकेडेमी, कास्की मोडनाइज एकेडेमी, हेमजा बोर्डिङ स्कुल, साइनिस्टार बोर्डिङ स्कुल, युनिभर्स बोर्डिङ स्कुल र एलपी देवकोटा मेमोरियल स्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्। म·लबार भएको पहिलो खेलमा हावर्ड एकेडेमीले डिफेण्डिङ च्याम्पियन चिल्ड्रेन्स एकेडेमीलाई ३–० ले पराजित ग¥यो। दोस्रो खेलमा द वीज्डम कास्कीले अक्सफोर्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो।

तेस्रो खेलमा कान्तिपुर एकेडेमीले लिटिल Çलावर बोर्डिङ स्कुललाई ३–१, चौथो खेलमा कास्की मोडनाइज एकेडेमीले आदर्श बोर्डिङ स्कुललाई ३–१, पाँचौं खेलमा हेमजाले पोखरा क्याम्ब्रिज स्कुललाई २–०, छैटौं खेलमा साइनिस्टार स्कुलले अन्जुली बोर्डिङ स्कुललाई २–०, सातौं खेलमा युनिभर्स बोर्डिङ स्कुलले सिद्धार्थ लवडेल स्कुललाई २–० तथा आठौं खेलमा एलपी देवकोटाले बागमारा एकेडेमीलाई २–० ले पराजित ग¥यो। बुधबार हावर्ड एकेडेमी र द वीज्डम कास्कीबीच पहिलो, कान्तिपुर एकेडेमी र कास्की मोडनाइजबीच दोस्रो, हेमजा र साइनिस्टारबीच तेस्रो तथा युनिभर्स र एलपी देवकोटाबीच चौथो क्वाटरफाइनल खेल हुनेछ।

यसैगरी म·लबारदेखि सुरु भएको बास्केटबल प्रतिायोगिताअन्तर्गत छात्रतर्फको पहिलो खेलमा कास्की मोडनाइज एकेडेमीले आदर्श बोर्डिङ स्कुललाई २८–९ ले पराजित ग¥यो। सो खेलमा कास्की मोडनाइजका मनिराम सुनारले सर्वाधिक १२ स्कोर गरेका थिए।दोस्रो खेलमा न्यू ग्यालेक्सी पब्लिक स्कुलले गोर्खा बोर्डिङ स्कुललाई २८–११ ले पराजित ग¥यो। सो खेलमा न्यू ग्यालेक्सीका योगेन्द्र पुनले सर्वाधिक ११ स्कोर गरेका थिए। तेस्रो खेलमा अक्सफोर्ड बोर्डिङ स्कुलले त्रिवेणी पब्लिक स्कुललाई २४–११ ले पराजित ग¥यो। सो खेलमा अक्सफोर्डका अमृत गुरुङले सर्वाधिक १२ स्कोर गरेका थिए। छात्रातर्फको पहिलो खेलमा न्यू ग्यालेक्सी पब्लिक स्कुलले हावर्ड एकेडेमीलाई १२–१ ले पराजित ग¥यो। सो खेलमा न्यू ग्यालेक्सीका एलिशा जिसीले सर्वाधिक छ स्कोर गरेकी थिइन्।

बुधबार नै दशौं एन–प्याब्सान स्पोर्टस् मिटको औपचारिक उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले पोखरा र·शालामा गर्नेछन्।

कमेन्टहरु
Loading...