१० औं एन–प्याब्सान स्पोर्टस्मा छात्रतर्फ कास्कीमोडनाइज र छात्रातर्फ न्यू ग्यालेक्सीलाई बास्केटबलको उपाधि

पोखरा,४पुस। नेशनलप्याब्सानकास्कीको आयोजनामापोखरामाजारी १० औं एन–प्याब्सान स्पोर्टस् मिट–२०७० अन्तर्गत छात्रतर्फ कास्कीमोडनाइज एकेडेमी र छात्रातर्फ न्यू ग्यालेक्सी पब्लिक स्कुलले बास्केटबलको उपाधिजितेका छन्। बिहीबार भएको फाइनल खेलमा न्यू ग्यालेक्सीलाई ७३–५७ ले पराजितगर्दै कास्कीमोडनाइज एकेडेमीले छात्रतर्फको बास्केटबल उपाधिजितेको हो।

सो खेलमाकास्कीमोडनाइजका सञ्जय पुनले सर्वाधिक ३० स्कोर गरेका थिए।तेस्रो स्थानको लागिभएको खेलमाअक्सफोर्ड स्कुलले युनिभर्स स्कुललाई ३६–६ ले पराजितग¥यो। सो खेलमाअक्सफोर्डका अमृत गुरुङले सर्वाधिक २५ स्कोर गरेकाथिए।
छात्रातर्फको फाइनलमा न्यू ग्यालेक्सीले कास्कीमोडनाइज एकेडेमीलाई ११–४ ले पराजितग¥यो।

सो खेलमा न्यू ग्यालेक्सीका सविना खड्काले सर्वाधिकचार स्कोर गरेकीथिइन्। तेस्रो स्थानको लागिभएको खेलमाअक्सफोर्डले आदर्श बोर्डिङ स्कुललाई ४–२ ले पराजितग¥यो। सो खेलमाअक्सफोर्डकाभूमिका केसीले सर्वाधिकदुई स्कोर गरेकीथिइन्। एथलेटिक्सतर्फ बिहीबार भएको छात्र सटपुट फाइनलमा७.९१ मिटर हान्दै सिद्धिविनायक बोर्डिङ स्कुलकाविनोद रानाप्रथम, ७.८९ मिटर हान्दै युनिभर्स स्कुलका पूर्ण जोशीद्वितीय र ७.५५ मिटर हान्दै शान्तिबाटिका स्कुलका सुशीलथापा तृतीय भए।

छात्रा हाइजम्पफाइनलमा १.२० मिटर जम्पगर्दै कास्कीमोडनाइज एकेडेमीकाशीतल खड्काप्रथम,१.१८ मिटर जम्पगर्दै लेखनाथपब्लिक स्कुलकी सुनिता ढुड्डाना द्वितीय र १.१४ मिटर जम्पगर्दै डायमण्ड मोडल स्कुलकीदीपतिवारी तृतीयभइन्। छात्र ज्याभ्लिनथ्रो फाइनलमा ३६.८२ मिटर फाल्दै कास्कीमोडनाइज एकेडेमीका सञ्जय पुनप्रथम, २९.५३ मिटर फाल्दै डायमण्ड मोडल स्कुलकाविशाल गुरुङ द्वितीय र २९.०९ मिटर फाल्दै साइनिङस्टार स्कुलकायमन रसाइली तृतीयभएका छन्।आठ सय मिटर छात्र फाइनलमा २ः२३ः४० सकेण्डमा दौड पूरा गर्दै साइनिङ स्टार स्कुलकायमन रसाइलीप्रथम, २ः२६ः६६ सेकेण्डमा पूरा गर्दै सिद्धार्थ लवडेल स्कुलकाइन्द्र विकद्वितीय र २ः३०ः४४ सेकेण्डमा पूरा गर्दै चिल्ड्रेन्स एकेडेमीकाविक्रमशाही तृतीयभएका छन्।

छात्र लङजम्पको फाइनलमा ५.२९ मिटर जम्पगर्दै मर्निङ ग्लोरी स्कुलका सुवास थापाप्रथम, ५.२३ मिटर जम्पगर्दै कास्कीमोडनाइज एकेडेमीकाहिमाल घले द्वितीय र ५.१६ मिटर जम्पगर्दै युनिभर्स स्कुलका सुजित गुरुङ तृतीयभएका छन्। छात्रातर्फको सोहीइभेन्टमा ३.५२ मिटर जम्पगर्दै डायमण्ड मोडल स्कुलकीदीपातिवारी प्रथम, ३.५० मिटर जम्पगर्दै मर्निङ ग्लोरी स्कुलकी सम्झनाअधिकारी द्वितीय र ३.४१ मिटर जम्पगर्दै हेमजाबोर्डिङ स्कुलकीनमुना पराजुली तृतीयभएकी छिन्।

पोखरा–१३ माछापोखरीमाभएको छात्रा फुटबलतर्फ अक्सफोर्ड स्कुल र कास्कीमोडनाइ एकेडेमीफाइनलमाप्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमामनिता गुरुङको दुई गोलको मद्दतले अक्सफोर्ड स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २–० ले पराजितगर्दै फाइनलमाप्रवेश गरेको छ। दोस्रो खेलमाआदर्श बोर्डिङ स्कुललाई टाइब्रेकरमा ३–२ ले पराजितगर्दै कास्कीमोडनाइज एकेडेमीपनिफाइनलमाप्रवेश गरेको छ। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।शुक्रबार बिहानअक्सफोर्ड स्कुल र कास्कीमोडनाइज एकेडेमीबीचउपाधिको लागिप्रतिस्पर्धा हुने प्रचार–प्रसार संयोजकमनकाजी गुरुङले जानकारी दिए।

पोखरा रड्डशालामाभएको छात्र फुटबलतर्फको पहिलो सेमिफाइनल खेलमा कास्की मोडनाइज एकेडेमीले हार्वड एकेडेमीलाई १–० ले पराजितगर्दै फाइनलमाप्रवेश ग¥यो। कास्कीमोडनाइजका लागि सेवेष्टिनरम्तेलले निर्णायकगोल गरेकाथिए। यस्तै युनिभर्स स्कुल र हेमजाबोर्डिङ स्कुलबीचशुक्रबार बिहान दोस्रो सेमिफाइनल खेल हुनेछ भने दिउँसो फाइनल खेल हुनेछ।

सिड्डल ब्याडमिन्टनमा छात्रतर्फ गोर्खा बोर्डिङ स्कुल, हेमजाबोर्डिङ स्कुल, रत्नज्योतिबोर्डिङ स्कुल र कास्कीमोडनाइज एकेडेमी सेमिफाइनलमाप्रवेश गरेका छन्। छात्रातर्फ वेस्टपोइन्ट स्कुल, गोर्खा बोर्डिङ स्कुल, चिल्ड्रेन्स एकेडेमी र मर्निङग्लोरी स्कुल सेमिफाइनलमाप्रवेश गरेका छन्। एथलेटिक्सतर्फ बिहीबार छात्रछात्रा एक सय, दुई सय, चार सय मिटर र १००ह४ रिले दौडका हिट्स चरण सम्पन्नभएका छन्।

कमेन्टहरु
Loading...