न्युडायमण्ड कपमा न्युडायमण्ड र टप्स सेमिफाईनलमा

काठमाडौं, २६ पुस / होवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्युडायमण्ड र टप्स, पुलिस र एपीएफ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको क्वाटर फाईनल खेलमा न्युडायमण्डले नेपाल आर्मीलाई २५–२३,२५–१३ र २५–२२ को सोझो सेटमा हरायो । पोखराको टप्स उमाबीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६,२१–२५,२५–१६ र २५–१९ को सेटमा हराउदै सेमिफाईनलमा न्युडायमण्डसँग भेट पक्का गर्यो ।

न्युडायमण्ड एकेडेमीको कोर्टमा भएको क्वाटर फाईनल खेलमा सहज जित निकाल्दै पुलिस र एपीएफले सेमिफाईनलमा आपसी भिड्न्त तय गरेका छन् । नेपाल पुलिसले चितवन टाईग्रेसलाई २५–१७,२५–७ र २५–१० को सोझो सेटमा हरायो । एपीएफले पारामाउण्ट स्कुललाई २५–३,२५–१० र २५–१५ को सोझो सेटमा हरायो ।

सुकेधारा स्थित होवान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन् । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिद्यागततर्फको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने नगद पुरस्कारको प्रायोजन सेन्चुरी कमर्सियल बैंकले गरेको छ ।

कमेन्टहरु
Loading...