न्यु डायमण्डको पहिलो जित

पोखरा, २२ चैत/आइएसएप वल्र्ड यू–१५ महिला भलिबल प्रतियोगितामा नेपालको न्युडायमण्ड एकेडेमीलले अजरवैजानलाई २–१ को सेटमा हराउदै पहिलो जित हात पारेको छ ।

बिहीबार अजरबैजन सगँ भएको खेलमा पहिलो सेट २०–२५ ले गुमाए पनि खेलमाा फर्कदै न्यूडायमण्डले लगातर २ सेट २५–१९र २५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

प्रशिक्षक कुमार राईले प्रतिक्रिया दिदै भने– हामीेले पहिलो सेट गुमाएर पनि सफलता हात पर्न सक्यौं ।

छोरीहरुले सोचे जस्तोे खेल प्रर्दशन गरे,यो अनुभवले भबिश्यमा नेपाली महिला भलिबलमा महत्वपूर्ण योगदान दिने छ । न्यु डायमण्डले शुक्रबार हंगेरीसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...