पोखरामा नेप्लीज इन्काउण्टर कप टेनिस शुरु

पोखरा, २७ असार /कास्की जिल्ला टेनिस संघको नियमित कार्यक्रम मन्थ्ली टेनिस अन्तर्गत नेप्लीज इन्काउण्टर पोखरा भेट्रान्स ओपन बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको छ ।

नेप्लीज इन्काउण्टरका प्रोपाइटर नारायण पहारीले एक समारोहका विच प्रतियोगिता निर्देशक प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा बोल्दै कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष समेत रहेका पहारीले मन्थ्ली टेनिसले पोखराको टेनिस विकासमा उल्लेख्य योगदान पु¥याएको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा नविन श्रेष्ठले विष्णु गुरुङ्गलाई ६–४, ६–२ ले तथा शिव सुवेदीले प्रकासराज वाग्लेलाई ६–४, ७–६ को सेटमा पराजित गरे । अन्य खेलहरुमा राजेन्द्र महर्जनले दिल गौतमलाई ६–२, ६–२ ले पराजित गरे भने बिरेन्द्र लामाले सुनिल श्रेष्ठलाई वाकओभर दिए ।

आगामी ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३५ वर्ष माथिका १८ खेलाडीहरुले सहभागिता जनाएका छन् ।

कमेन्टहरु
Loading...