फिलिपिन्सविरूद्ध खेल्ने नेपाली टोलीको घोषणा के को परे टिममा

काठमाडौं, २७ कात्तिक/अखिल नेपाल फुटबल संघले एएफसी एशियन कप २०१९ फुटबल छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने राष्ट्रिय टोलीको सोमबार घोषणा गरेको छ।

२३ सदस्यीय नेपाली टिमको गोलकिपरहरूमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन्। त्यस्तै, डिफेन्समा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ, जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन्।

मिडफिल्डमा सुजल श्रेष्ठ, विक्रम लामा, विशाल राई, अञ्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरूङ, सुनिल बल र हेमन्त थापा मगर रहेका छन्। फरवार्डमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, अनिल गुरूङ र भरत खवास टिममा पर्न सफल भएका छन्।

मिडफिल्डर जगजित श्रेष्ठ लामो समयपछि राष्ट्रिय टिममा पर्न सफल भएका हुन्। त्यस्तै, चर्चित स्ट्राइकर अनिल गुरूङले आफ्नो पचासौँ अन्तर्राष्ट्रिय खेलसँगै भोलिको खेलबाट सन्यास लिने घोषणा गरिसकेका छन्।

मंगलबार ललितपुर एन्फा कम्प्लेक्समा हुने खेलका लागि फिलिपिन्सको राष्ट्रिय टोली बिहिबार नै नेपाल आइपुगिसकेको थियो। छनोट चरणबाट बाहिरिसकेको नेपालले फिलिपिन्ससँग प्रतिष्ठाका लागि खेल्नेछ।

एएफसी एशियन कपको समूह ‘एफ’ अन्तर्गत चौंथो खेलमा ताजिकिस्तानसँग ३–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा सकिएको थियो। खेलको एपिवान टेलिभिजनले प्रत्येक्ष प्रशारण गर्ने छ ।

कमेन्टहरु
Loading...