भुटानमा महिला फुटबलमा नेपाल र पाकिस्तान भिड्ने

भुटान, ११ असोज / दक्षिण एशियाली फुटबल महासंघको आयोजनामा भुटानमा हुने साफ १८ वर्षमुनि (यू–१८)

महिलाच्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्।

(भोली) सेप्टेम्बर २८ तारिकअर्थातअसोज १२ गते साँझ७ बजे उद्घाटन खेलमा नेपाल र पाकिस्तान खेल्ने छन् ।

खेलको लागिनेपाली टिम असोज १० गते अर्थात सेप्टेम्बर १६ मा भुटानपुगेको हो । भुटानको थिम्पुमा सेप्टेम्बर २८

देखि ७ अक्टोबरसम्महुने खेलमा ६ वटा राष्ट्रको सहभागिताहुनेछ ।

नेपाली टिमको लागि २३ जना खेलाडी भुटान ल्याइएको मुख्यप्रशिक्षक हरिओम श्रेष्ठले बताए । ‘खेलको तयारी

राम्रो छ,’ उनले भने, ‘तयारी अनुसारको नतिजाआउनेमाविश्वस्त छौ ।’ खेलाडीले राम्रो खेल पस्कने प्रशिक्षकश्रेष्ठको

भनाई छ । ‘प्रशिक्षकको दृष्टिकोणबाट हेर्दाखेलाडीहरु एकदमै फममा छन्,’उनले भने, ‘यसपटक नेपाली टिमले

जित्ने विश्वास छ ।’ खेल जित्ने गरि खेल्ने उनले बताए । ‘हामी डिफेण्डिङ खेल्दैनौ, आक्रमक खेल हुनेछ,’ उनले

भने, ‘हाम्रो टिमको राम्रो खेल प्रस्तुतहुनेछ ।’

खेलाडीले निकै मिहेनत गरेको सहायकप्रशिक्षकश्रीप्रकाश बैद्यले बताए । ‘जुन खेलाडी पूरा मनले प्रशिक्षणको

वेलापसिना चुहाउछ, त्यो अनुसार नतिजाप्राप्त गर्छ भने जस्तै यसपटक राम्रो नतिजाआउने छ,’ उनले भने, ‘पहिलो

खेल पाकिस्तानसँग छ, हाम्रो टिमलेजित्नेविश्वास छ ।’

खेलाडीको प्रशिक्षणको लागिकुनै कमिकमजोरी नभएको टिमम्यानेजर सरलाश्रेष्ठले बताइन् । ‘खेलहो, हारजित

हुन्छ तर जित्ने उद्देश्यका साथ टिम आएका छौ । खेलाडीहरुको उत्साह र उर्जा देख्दाहामीनिकै आशावादी

छौ,’उनले भनिन् । नेपाली टिमको गोलकिपरको प्रशिक्षण पनिनिकै राम्रो भएको गोलकिपर

प्रशिक्षकअस्मिताखवासले बताइन् ।

नेपाली टिमले पहिलो चरणमा सेप्टेम्बर २८ (असोज १२ )गते पहिलो दिनपाकिस्तानसँग खेल्ने छ । सरु लिम्बुको

कप्तानीमाअन्जनाराना मगर, रेविका राई, उषानाथ, निशाथोकर, सुस्मामहर्जन, रोजिनाश्रेष्ठ, समिक्षा घिमिरे,

बिमलाविक, पुनम फरसवान, कोपिलाधिमाल, पुजा रानामगर, मञ्जलीकुमारी योञ्जन, सुभद्रा खड्का,अस्मिता वैद्य,

मनिषा राउत, सुहानी कुसुवार, सिर्जना सिंह ठकुरी, सम्झनालावती, रश्मि घिसिङ्ग, उलिसाजिम्वा, रेखापौडेल,

सम्झनाशर्मा छन् ।

कुन समूहमा कुन राष्ट्र

साफ १८ वर्षमुनि (यू–१८) महिलाच्याम्पियनसिपका ६ राष्ट्रको सहभागिता रहेको छ । नेपाल, भारत, माल्दिप्स,

भुटान, बगंलादेश र पाकिस्तानले सहभागिताजनाएका छन् । साफ राष्ट्र मध्ये श्रीलङकाले सहभागिताजनाएको

छैन् ।

खेलमादुई समूहविभाजनगरिएको छ । समूह ‘ए’ माभारत, मालदिभ्स र भुटान छन्भने समूह ‘वि’मा नेपाल,

बगंलादेश र पाकिस्तान छन् । सेप्टेम्बर २८ तारिक उद्घाटन खेलमाभारत र आयोजक भुटान खेल्ने छन् भने

अर्को खेल नेपाल र पाकिस्तान भिड्ने छन् ।

सेप्टेम्बर ३० मा भुटान र माल्दिप्स खेल्ने छन् भने अर्को खेल पाकिस्तान र बांग्लादेश खेल्ने छन् । अक्टोबर २

मामाल्दिप्स र भारत खेल्ने छन् भने अर्को खेलमाबगंलादेश र नेपाल खेल्ने छन् ।

प्रतियोगितामा समूह ए र विकाविजेता र उपविजेता टिमले अक्टोबर ५ मा सेमिफाइनल खेल्ने छन्भने फाइनल

खेल अक्टोबर ७ मा हुनेछ ।

कमेन्टहरु
Loading...