नेपाललाई एकदिवसीय मान्यता

काठमाडौ, १ चैत /नेपालले क्रिकेटमा एकदिवसीय मान्यता पाउएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । नेपालले एशोसियट सदस्य पाएको २२ वर्ष पछि एकदिवसीय मान्यता पाएको हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो ।

लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्ने थियो ।

तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।

कमेन्टहरु
Loading...