नदिपुरमा जारी पुरुष भलिबलको फाईनल मंगलबार, महिला तर्फको उपाधी टप्स माबि टिम “ए” लाई

पोखरा, १९ भदौ/ लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स

तर्फको उपाधी रामबजार क्लब र महिला तर्फ टप्स माबि टिम “ए” जितेको छ । सोमबार नदिपुर स्थित छन्त्याल

समाजको खेल मैदानमा सम्पन्न पुरुष भेट्रान्स तर्फको फाईनल खेलमा डाँफे क्लब घान्द्रुक क्लबलाई २५–१८,

२८–२६, २५–१९ को साझो सेटले पराजित गर्दै रामबजार क्लबले उपाधी जितेको हो ।

त्यस्तै महिला तर्फ टप्स माबि टिम “ए” र एसियन सुज ईन्डष्टि बिच बेस्ट अफ फाईभको आधारमा भएको

फाईनल खेल २५–२०, २५–२३, र २५–१०, २५–७ अंक सहित दुई दुई को बराबरी सेट भएपछि फाईनल सेट १५–९

ले टप्स माबि टिम “ए” ले जिते सँगै उपाधी हात पारेको हो । भेट्रान्स तर्फ र महिला तर्फको बिजेता तथा

उपबिजेता टिमलाई मंगलबार पुरुष भलिबलको फाईनल भएसँगै पुरस्कार प्रदान गरिने फउण्डेशनका अध्यक्ष

अमृत गुरुङले बताए । उनले सशस्त्र प्रहरी बल मालेपाटन र बाग्लुङ क्बल बिच भएको फाईनल खेल समय

अभाबका कारण मंगलबार खेलाईने जानकारी दिए ।

पुरुष तर्फ भएको फाईनल खेलमा शशस्त्र प्रहरी बल र बाग्लुङ क्लबले दुई दुई सेट जितेको थियो भने फाईनल

सेट ६–६ भएर समय अभाबका कारण स्थगित भएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...