नदिपुरमा जारी भलिबलमा रामबजार र घान्द्रुक फाइनलमा

पोखरा, १७ भदौ/लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा जारी भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स

तर्फको उपाधीका लागी सोमबार रामबजार क्लब र डाँफे क्लब घान्द्रुक भिड्ने भएका छन् ।

पोखराको नदिुपर स्थित छन्त्याल समाजको खेल मैदानमा आईतबार सम्पन्न पुरुष भेट्रान्स तर्फको पहिलो

सेमिफाईनल खेलमा तनहुँ क्लबलाई २५–१०, २५–१५ र २५–२२ को सेटले हराउदै रामबजार क्लबले फाईनलको

यात्रा तय गरेको हो ।

दोस्रो सेमिफाईनल खेलमा लामाचौर क्लबलाई २५–१९, २५–१२ र २५–८ को सेटले पराजित गर्दै डाँफे क्लब

घान्द्रुकले फाईनलमा रामबजार सँगको भेट पक्का ग¥यो । त्यसैगरि महिला तर्फ भएको पहिलो सेमिफाईनल खेलमा टप्स माबि टिम “ए” ले २५–१३, २५–९ र २५–२१ को सेटले टिजि गर्लस् दुलेगौडालाई पाखा लगायो ।

खराब मौसमका कारण महिला तर्फको दोस्रो सेमिफाईनल खेल र पुरुष तर्फको दुबै सेमिफाईनल खेल आईतबार

सञ्चालन हुुन नसकेको बताउदै सम्पुर्ण सेमिफाईनलका खेलहरु सहित फाईनल खेलहरु सोमबार खेलाईने

फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

उनका अनुसार महिला तर्फको सेमिफाईनलमा टप्स माबि टिम “बि” र एसियन सु ईन्डष्ट्रि लामाचौर प्रबेश

गरेको छ भने पुरुष तर्फ हिमालय क्लब बाटुलेचौर, शान्ति भलिबल प्रशिक्षण केन्द्र भकुण्डे, एपिएफ टोली

मालेपाटन र बाग्लुङ क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

प्रतियोगितामा पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार र उपबिजेता

टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्रदान गरिने फाउण्डेशनका अध्यक्ष गुरुङले

बताए ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२

हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा

प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...