इन्टरनेस्नल ¥याफ्टिङ इलाइट च्यालेन्जमा भाग लिन नाराको टोली चीन जाने

पोखरा, ७ असार /चीनको जीउयान गुलिन शहरको गौवाग्जी जुुवाङमा हुने इन्टरनेस्नल ¥याफ्टिङ इलाइट च्यालेन्जमा सहभागी हुनका लागि नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को टोली चीन जाने भएको छ ।

चीनको जीउयान गुलिनको ग्वान्जी झुवाङ स्थित औपाइ नदीमा आगामी २७ जुन देखी जुलाइ १ सम्म हुने इन्टरनेश्नल ¥याफ्टिङ इलाइट च्यालेन्जमा सहभागी हुनका लागी नाराको टोली आगामी शनिवार चीन जाने भएको हो । नाराका अध्यक्ष निम बहादुर मगरको संयोजकत्वमा सुनिल गुरुङ क्याप्टेन रहने गरी लिल बहादुर गुरुङ, जीवन मगर, प्रदिप मगर, र शिव अधिकारी चीन जाने भएका हुन ।

प्रतियोगितामा १६ राष्ट्रका २० टीमले सहभागीता जनाउने र खुल्ला महिला र खुल्ला पुरुष गरी दुइ विद्यामा प्रतियोगिता सञ्चालन हुने नाराका अध्यक्ष निम बहादुर मगरले जानकारी दिए । ¥याफटिङ प्रतियोगिता संगै वर्लङ ¥याफ्टिङ कंग्रेस सम्मेलन र स्ट्याण्ड अप प्याडलका कार्यक्रममा समेत नेपाली टोलीले सहभागीता जनाउने छ ।

प्रतियोगिताको उपाधी जित्नेले २५ लाख ५ हजार प्राप्त गर्नेछन । यसअघि अघिल्लो पटक चीनको ल्हासामा चाइना तिब्बत माउण्टेरिङ एशोसियसन र चाइना तिब्बत वाटर स्पोर्टस ब्युरोले आयोजना गरेको नेपाल चाइना फ्रष्ट फ्रेण्डशिप ¥याफ्टिङ च्याम्पियनसीप २०१७ नेपालले कायकमा पहिलो र ¥याफ्टिङमा दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।

कमेन्टहरु
Loading...