पिपिएलमा फाइनल प्रबेशका लागि विराटनगर र बुटवल प्ले अफमा

पोखरा, ९ पुस / पोखरामा जारी पोखरा प्रिमियर लिगमा विराटनगर र बुटवलले फाइनल प्रबेशका लागि प्ले अफ खल्ने भएका छन् । विराटनगरले प्ले अफमा स्थान बनाउदा काठमाडौंले दोस्रो सस्करणको पिपिएलबाट विट मारेको छ । विराटनले कम ओभरमै जित निकालेपछि काठमाडौंको पोखरा बसाई छोटिएको हो ।

टस हारेर व्याटिङ गरेको बुटवलले ८ विकेटको क्षतिमा १३३ रन बनायो । विराटनगरलाई १२.२ ओभरभित्रै लक्ष्य पुरा गर्नुपर्ने थियो । ११.४ ओभरमै लक्ष्य पुरा गर्यो । विराटनगरले पोखराको मैदानमा प्ले अफको लागि खुशी मनायो । पुनित मेहेरा र नोमन खानले महत्वपूर्ण साझेदारी निभाए । विराटनगरले पहिलो विकेटको लागि २६ रनको साझेदारी गर्यो ।

लोकेश बाम र मोहम्मद जैद आलमको जोडीले ओपनिङमा गतिलो शुरुवात गरे । लोकेश बाम १३ रनमा आउट भएपछि आलम अविनाश बोहोराको बलमा बुटवलका कप्तान सिद्धान्त लोहनीको हातबाट क्याच भए । आलमले २४ रन बनाए । १० बल खेले । चार चौका र एक छक्का हिर्काए । पुनित मेहेरा र नोमन खानले ३८ रनको साझेदारी निभाए ।

मेहेराले ३२ रन बनाउँदा नोमन खान ३५ रनमा थिए । मेहेराले १७ बलमा ३ चौका र १ छक्का हिर्काउँदै जितको आशा जगाए । नोमन खानले पनि ३५ रन बनाउन २२ बलमा ५ चौका हिर्काउन सफल भए । पुष्प थापाले १८ रन बनाउँदै अविजित रहँदै जित सम्भव बनाए । मनिष पनि १ रनमा अविजित रहे ।

हर्ष टंकले अर्धशतकीय पारी खेल्दै बुटवलले ८ विकेटको क्षतिमा टस हारेर विराटनगरलाई १३४ रनको लक्ष्य तेस्र्यायो । अफ्ताबुद्धिन अहमदलाई शुन्यमै गुमायो । नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत लिगको अन्तिम खेल खेल्ने क्रममा शंकर रानालाई २ रनमा गुमाएपछि बुटवलको इनिङ्सलाई हर्षले सम्हाले । यद्यपी भीम सार्कीले साथ दिन भने सकेनन् ।

सार्की ५ रनमाआउट भएपछि साझेदारी शिव्म सिंहसँग गरे । टंकले ६७ रन बनाए । ४४ बलमा ६ चौका र ५ छक्का हिर्काउँदै फास्टेष्ट ५० को पुरस्कार थापे । शिव्मले पनि ३७ रन बनाए । २६ बलमा ३ चौका र १ छक्का उनको इनिङ्समा रह्यो । रविन्द्र शाही ०, साम्शद शेख ७ रनमा आउट भए ।

मोहम्मद जैद आलमले ४ विकेट लिए । म्यान अफ दि म्याचको हकदार बने । २७ लाख पुरस्कार राशीको उपाधिको लागि चितवन फाईनलमा पुगिसकेको छ । फाइनल प्रशेबका लागि बुधबार भिडेका दुई टोली बुटवल र विराटनगर बिहीबार प्ले अफ खेल्ने छन् ।

कमेन्टहरु
Loading...