तेश्रो मिस्टर माछापुच्छेको उपाधी पाल्पाका विनोदलाई

पोखरा, १९ भदौ /पाल्पाका बिनोद बज्राचार्य तेश्रो मिस्टर माछापुच्छ«ेको उपाधी प्राप्त गर्न सफल भएका छन । कास्की जिल्ला शारिरीक सुगठन तथा फिट्नेश संघ पोखराद्धारा शनिबार आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रीय स्तरको खुल्ला शारिरीक सुगठन प्रतियोगितामा ७५
केजी भन्दा माथि तौलका हेभिवेट बिनोद तेस्रो मिस्टर माछापुच्छ«े च्याम्पियन बन्न सफल भएका हुन् । मिस्टर माछापुच्छ«े च्याम्पियनको उपाधी संगै बिनोदले ट्रफी, नगद ५० हजार र अन्य सप्लिमेन्ट्री गिफ्टहरु पुरस्कार पाए ।

तेश्रो मिस्टर माछापुच्छेको उपाधी पाल्पाका विनोदलाई
तेश्रो मिस्टर माछापुच्छेको उपाधी पाल्पाका विनोदलाई

फाइनल राउण्डमा बिनोदले कपिलबस्तुका सुरेन्द्रप्रसाद बर्मा, कास्कीका कमल भण्डारी र मनोज केसी तथा रुपन्देहीका ताराबहादुर थापा र कृष्णप्रसाद श्रेष्ठलाई पछि पार्दै तेस्रो मिस्टर माछापुच्छ«ेको उपाधी पाएका हुन् । प्रतियोगिताका प्रमूख निर्णायक गोविन्द चित्रकार र सदस्यहरु प्रतापकाजी बरिया र दिनेश श्रेष्ठको अन्तराष्ट्रिय स्तरका निर्णायक मण्डलले बिनोदलाई तेस्रो मिस्टर माछापुच्छ«े घोषणा गरेको हो ।

५५ केजी तौल समूहका बर्मा, ६० केजीका भण्डारी, ६५ केजीका केसी, ७० केजीका थापा र ७५ केजीका श्रेष्ठले आफ्नो तौल केजीमा प्रतिस्पर्धा प्रथम हुँदै मिस्टर माछापुच्छ«े च्याम्पियनका लागि बिनोदसंग फाइनलमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा बिनोदले ७५ केजी भन्दा माथिको हेभिवेट तौलमा कास्कीका म्याक गुरुङ, नारायणप्रसाद शर्मा, शुनिल पोखरेल, र रमेश बिकलाई पछि पार्दै फाइनल प्रतिस्पर्धाका लागि स्थान बनाएका थिए ।

कार्यक्रममा कास्कीको वडी विल्डिङ्ग खेललाई एक दशक देखि सहयोग पुर्याएको योगदानको कदर गर्दै संघका उपाध्यक्ष विमल वस्याललाई सम्मान गरिएको थियो । उनी वि एण्ड वि हाउजिङ्गका अध्यक्ष समेत हुन ।  कास्की जिल्ला शारिरीक सुगठन तथा फिट्नेश संघका अध्यक्ष शंकरमान उदासको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव रविनसन प्रजु, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, वि एण्ड वि हाउजिङ्गका अध्यक्ष विमल वस्याल, पोखरा उद्योग वाणिज्य संघका सदस्य पवन प्रजापती, व्यवसायी पवन प्रजापती लगाएतले विजयी खेलाडीलाई पुरुस्कार, मेडल तथा नगद वित।ण गरेका थिए । सो अवसरमा संघका सचिव उमेश सिकेले अर्को वर्ष प्रतियोगितालाई राष्ट्रिय स्तरको बनाउने बताएका छन । प्रतियोगिता भदौ १७ गते देखि सुरु भएको थियो । प्रतियोगितामा ६ जिल्लाका ६५ जना खेलाडीको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...