मनाङ मस्र्याङदीबाट सहारा एकेडेमीलाई सहयोग

पोखरा, २५ भदौ/मनाङ मस्र्याङदी क्लवले पोखराको सहारा एकेडेमीलाई खेल सामाग्रि तथा आर्थिक सहयोग गरेको । मनाङले फुटवल २० थान, प्रशिक्षण गर्दा लगाउने पोसाक २० थान सहित एक लाख रुपैया आर्थिक सहयोग गरेको सहारा क्लवले जनाएको छ ।

मनाङ मस्र्याङदी क्लवका संस्थापक अध्यक्ष एवं तेश्रो साग खेलकुदका भौतिक निमार्ण तथा मर्मतका संयोजक समेत रहेका टाली घलेले सहारा एकेडेमीको शनिबार अवलोकन गर्दै उक्त खेल सामाग्रि सहित उक्त रकम क्लवका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन ।

मनाङ तरुण दलका सभापति तथा मनाङका पुर्व महासचिव कर्मा गुरुङ, मनाङका सल्लाहकार तथा नेपाली कागेंस तनहुँका सदस्य सुरेस भट्टराईले समेत एकेडेमी अवलोकन गरेका थिए । कार्यक्रममा वोल्दै मनाङका संस्थापक अध्यक्ष घलेले यस्तो एकेडेमी खेलकुदको विकासको लागि देशै भरी आवश्यक भएको बताउदै सहारा एकेडेमीलाइ पुन सहयोग गर्ने वचन दिए ।

एन्फामा अध्यक्षमा आफु निर्वाचित भएको खण्डमा देशका धेरै ठाँउहरुमा एकेडेमीहरु स्थापना गराउन पहल गर्ने उद्घोष गरे । अनिल गुरुङ जस्ता खेलाडीहरु उत्पादनमा यस्ता एकेडेमी आवश्यक भएको उनले बताए । क्लवका अध्यक्ष आचार्यले फुटवल खेल बुझेको व्यक्ति एन्फामा आवश्यक भएको बताउदै घलेलाई शुभकामना दिए । वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापाले स्वागत तथा क्लबको बर्तमान गतिविधि जानकारी गराएका थिए । सहारा क्लब पोखराको ड्रिम प्रोजेक्ट सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन ।

कमेन्टहरु
Loading...