मिडिया कप फुटशल प्रतियोगिता शुरु , उद्घाटन खेलमा रेडियो बाराही विजयी

मंसिर ५,पोखरा/पोखरा टेलिभिजनको आयोजनामा मंगलबारदेखि प्रथम पोखरा मिडिया कप फुटशल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन समुह ए तर्फ रेडियो बाराही, समाधान दैनिक र फेवा टेलिभिनज विजयी भएका छन् भने समुह बि तर्फ जक्सन डट कम, मेन मिडिया र रेडियो सराङकोट विजयी भएको छ ।

उद्घाटन खेलमा रेडियो बाराहीले रेडियो अन्नपूर्णलाई २–१ गोलले पराजित ग¥यो । रेडियो राइट्सलाई उजुरीको आधारमा पराजित गर्दै समाधान दैनिक, तथा मिडिया टिमलाई पराजित गर्दै फेवा टेलिभिजनले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । समुह बि तर्फको खेलमा रेडियो हेम्जालाई उजुरीकै आधारमा जक्सन डट कमले जित हाँसिल गरेको हो । त्यस्तै, मेन मिडियाले रेडियो गोर्खालीलाई तथा सराङकोटले आयोजक पोखरा टिभि को ए टिमलाई पराजित गरेर दोश्रो चरणमा स्थान बनाएका हुन् ।

यसअघि युवा व्यवसायि पोखरा सस्तो पशलका प्रबन्ध निर्देशक युवराज खतिवडा र पश्चिामाञ्चल क्षेत्रिय खेलकुद समितिका अध्यक्ष खगराज पौडेलले रेफ्रि सुसिल केसीलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै उनले पोखरा टेलिभिनजले आयोजना गरेको फुटशल प्रतियोगिताले पोखराका सञ्चारकर्मीहरुलाई पुर्नताजति प्रदान गर्ने औल्याए ।

कार्यक्रममा प्रतियोगिताका सहयोगीहरु पोखरा युनाइटेड क्लवका अध्यक्ष सुक गुरुङ्ग, पूर्वाध्यक्ष हिमाल बख्रेल, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष दिपक गोदार, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक, रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल लगायतले प्रतियोगिता सफलताको कामना गरेका थिए । पोखरा टेलिभिजनका निर्देशक हिमाल खड्काको अध्यक्षतामा भएको उदघाटन समारोहमा कार्यक्रम सह–संयोजक बिनोद लामिछानेले स्वागत तथा संयोजक युवराज भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगिता अन्र्तगत बुधबार क्वाटर, सेमि र फाइनल खेलहरु हुनेछन् ।

कमेन्टहरु
Loading...