मिडिया कप भलिबल प्रतियोगितामा बबाल छ डटकमको विजयी सुरुवात

पोखरा, असोज १२

गोर्खाली रेडियोमाथि लगातार दुई सेट जित्दै बबाल छ डटकमले केभसिटी मिडिया प्रा.लिद्वारा आयोजित प्रथम

केभसिटी मिडिया कप भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।पोखराको पुरानो टुडिखेलमा आयोजित

प्रतियोगिताको शुक्रबार उदघाटन खेलमा गोर्खालीलाई २७–२५ र २५–१६ को सेटले पराजित गर्दै क्वार्टरफाईनल

प्रवेश गरेको छ । यसैगरी दोस्रो खेलमा विग एफएम र फेवा टिमको संयुक्त विग फेवाले आयोजक केभसिटी

मिडियाको दोस्रो रोजाईको टिमलाई २५–१२, २५–१२ को सोझो सेटले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको

छ ।

त्यसैगरी अर्को खेलमा आयोजक केभसिटी मिडियाको पहिलो रोजाईको टोलीले रेडियो बाराहीलाई सहजै पराजित

गर्यो । पहिलो २५–१२ को सेटले जितेको आयोजकले दोस्रो सेट पनि उस्तै २५–१२ कै सेटमा पराजित गर्न सफल

भयो । चौथो खेलमा अन्नपुर्ण पोष्टले समाधान दैनिकलाई तीन सेट खेल्दै जित आत्मसात गर्यो । पहिलो सेट २५–२३

मा कठिन रुपमै जित निकालेको अन्नपुर्णले दोस्रो सेट भने १८ –२५ को स्थितिमा गुमाउन पुग्यो । निर्णायक एवं

टाईब्रेक सेटमा भने २५–१४ को सेटमा समाधानलाई पराजित गर्दै अन्तिम आठको स्थिति सुरक्षित बनायो ।

प्रतियोगिता बेष्ट अफ थ्रीको आधारमा खेलाइएको छ ।

प्रतियोगिता शनिबार समापन हुने छ । प्रतियोगीतामा १३ टिमले सहभागिता जनाएका छन । आयोजक ए र बि,

रेडियो सफलता, रेडियो अन्नपुर्ण, रेडियो गोर्खाली, रेडियो बाराही, अकला मिडिया, अन्नपुर्ण पोष्ट, समाधान

मिडिया, विग एफ एम, पोखरा टेलिभिजन, बबाल डटकम र सराङकोट साप्ताहिकको सहभागित रहेको छ ।

पोखरामा पहिलो पटक आयोजित प्रतियोगीता स्वास्थ्य र सद्भावसँगै भाईचारा अभिबृद्धि गर्ने उद्देश्यले आयोजना

गरिएको प्रबन्ध निर्देशक भीम थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगीताले खस्कदो भलिबलको

स्तरोन्नती र मिडियाकर्मीका बिचमा थप आत्मियताको विकास गर्ने छ ।

प्रतियोगितताको विजेतालाई नगद रु.३५ हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रा.लिका अध्यक्ष

दुर्गाप्रसाद आचार्यले जानकारी दिए । उपविजेतालाई नगद रु.२२ हजार २ सय २२ साथमा ट्रफि, मेडल र

प्रमाणपत्र पाउने छ । प्रतियोगिताको वेष्ट प्लेयरलाई नगद रु.३ हजार ३ सय ३३, वेष्ट स्काईकर, वेष्ट लिफ्टर, वेष्ठ

सर्भर, वेष्ट क्वीकरलाई नगद रु. १ हजार १ सय ११ तथा अनुसासित टिमलाई नगद रु.२ हजार ५ सय प्रदान गरिने

छ ।

प्रतियोगितालाई पोखरा महानगरपालिका तथा अमेरिकामा बस्दै आएका कृष्ण सुनारको विशेष सहयोग, पोखरा

महानगरपालिका वाड नं. १६÷१९ को सहयोग, जिल्ला भलिवल संघ कास्की, भलिबल ट्रेनिङ सेन्टर कास्की र

राष्ट्रिय माविको प्राविधिक सहयोग गरेका छन् ।

कमेन्टहरु
Loading...