माछापुछ्रे क्रिकेट लिग सिजन–२ मंगलबारदेखि

फागुन ,१४ पोखरा /माछापुच्छ्रे क्रिकेट क्लवको आयोजनामा मंगलबारदेखि पोखरामा माछापुछ्रे क्रिकेट लिगको दोश्रो संस्करण शुरु हुँदैछ । नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन परिषरमा रहेको क्रिकेट मैदानमा हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वीसुब्बा गुरुङ्गका मुख्य सचिव लक्ष्मीराम पौडेलले उद्घाटन् गर्नेछन् । उद्घाटन खेल आर.के. भिक्टोरियन्स र लेखनाथ मस्किटर्सविच हुने छ ।

एमसिएलको सिजन टु मा आर.के.भिक्टोरियन्स, सि.एन.डी. वारियर्स, पर्वन टाइटान्स, फिस्टेल स्टार्स, लेखनाथ मस्किटर्स र राइजिङ्ग लायन्स उपाधीका लागि एकआपसमा भिड्नेछन् । आगामी २५ गते सम्म चल्ने लिगमा २३ गते पहिलो क्वालिफायर, २४ गते इलिमिनेटर तथा २४ गते दोश्रो क्वालिफायर म्याच हुने आयोजक क्लवका अध्यक्ष दिपेश खत्रीले जानकारी दिए ।

यसपटकको च्याम्पियन टिमले नगद ३ लाख तथा उप–विजेताले नगद १ लाख ५० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडी, बलर,ब्याट्स्म्यान लगायतले प्रतियोगिताको मुख्य प्रायोजक स्काई स्पोर्टसको तर्फबाट विभिन्न प्याकेज प्राप्त गर्नेछन् ।

कमेन्टहरु
Loading...