एमसीसी विरुद्ध खेल्न मुख्यमन्त्री–११ र कास्की–११ तयार

पोखरा, १९ कात्तिक / क्रिकेटको सबै भन्दा पुरानो बेलायतको क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्न मुख्यमन्त्रि–११ र कास्की–११ को टिमले यति बेला पोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ ।

एमसीसी क्लब बिहीबार दुई बटा अलग–अलग टि–२० म्याच खेल्न आगामीआइतबार १० गते पोखरा आउँदैछ । मुख्यमन्त्रि ११ को टिममा प्रदेश स्तरिय खेलाडी सहभागी छन भने कास्की–११ माकास्कीका खेलाडी सम्मिलित छन् । दुबै टिमलाई प्रशिक्षक रिजन प्रजुले प्रशिक्षण गराइरहेका छन् ।

कार्तिक २५ र २६ गते पोखरा रंगशालाको क्रिकेट खेल मैदानमाआयोजनाहुने एमसीसी विरुद्धको खेलले सन २०१५ अर्थात आजभन्दाचार वर्ष अघिको सम्झनादिने प्रशिक्षकप्रजुले बताए । ‘त्यती बेलाहामीले एमसीसी विरुद्ध एक दिवशिय खेल खेलेकाथियौं’ उनी भन्छन–‘जसमा हामी बिजयी भएका थियौं ।’ पोखराको क्रिकेट बामे सरिरहेको बेलाको त्यो जितअहिले पनि सपना जस्तै लाग्ने बताउँदै यो पटक पनि त्यही नतिजा निकाल्न टिमको तयारी भइरहेको बताउँछन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने ति दुई खेलहरुले यस क्षेत्रको समग्र क्रिकेट खेल बिकासका लागि महत्वपूर्ण रहने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाई छ । ‘हामीयति बेला १३ औं साग अन्तरगत महिला क्रिकेटको तयारीमा छौं’ उनी भन्छन–‘एमसीसीको यो भ्रमणले पक्कै पनि पोखराको क्रिकेट माथी उठेको छ भन्ने सन्देश विश्वभरी फैलिनेछ ।’

चार वर्ष अघि पोखरा ११ ले एमसिसीलाई जितेको क्षण अझै पनिकास्कीजिल्लाक्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ संग ताजै छ । उनले त्यो बेला खेलेको तस्बिर देखाउँदै भने–‘हामीले एमसीसीलाई जित्नु ठूलो कुरा थियो तर त्यती बेलाहाम्रो जितपोखरा भित्रै सिमितभयो कुनै अबसर पाएनौ ।

’उनले त्यती बेला ८ ओभरमा २ बिोट लिएकाथिए । टिममा यती बेला यू–१६ का खेलाडीहरु पनिभएकोले उनीहरुले राम्रोअबसर पाउने उनको भनाई छ ।

कास्की ११ र मुख्यमन्त्रि ११को टिम बाट नेपाली राष्ट्रिय टोलीकाकिशोर महतो, दिपेश श्रेष्ठ जस्ता अलराउण्डर खेलाडी समावेश रहेका छन । यसै गरि एमसीसी विरुद्ध चार वर्ष अघि ७५ रनको यागदानदिने अनिल गुरुङमा समेत टिममा समावेश हुनेछन भने विपिनखत्री समेत टिममा रहने प्रशिक्षकप्रजुले बताए । तस्बिरः सुदर्शन रंजित

कमेन्टहरु
Loading...