अरण्यज्योति पोखरा क्रिकेट एकेडेमी सगँ ५ विकेटले पराजित

पोखरा, २८ वैशाख/पोखरा क्रिकेट एकेडेमीले अरण्यज्योति क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजनमा पोखरा रंगशालामा जारी क्लबस्तरीय राउण्डरोविन क्रिकेट लिगको शुक्रबार टस जित्दै व्याटिङ गरेको अरण्यज्योतिले ९२ रनमा समेटिदैं २४.४ ओभरमा अलआउट हुन पुग्यो ।

हरि चौहानले ३८ र सन्तोष न्यौपानेको खातामा २५ रन मात्रै दोहोरो अंकको रन देखियो । अन्य व्याट्सम्यानलाई सस्तैमा पेभिलियन तर्फ पठाईदिए । ६.४ ओभर बलिङ गर्दै ३० रन दिएर ५ विकेट लिएका रमाकान्त न्यौपानले पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । प्रेम गुरुङ र ऋषिकेश शर्माले २—२ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको पोखरा क्रिकेट एकेडेमीले २९.३ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ९३ रनको लक्ष्य पुरा गर्यो । मुष्कान थापा र प्रेम गुरुङले इनिङ सम्हाल्दै जितसम्म डोहोर्याए । थापाले २९ र गुरुङले ११ रन बनाई नटआउट रहे । एकेडेमीको जितमा अतिरिक्त महत्वपूर्ण बन्यो । अरण्यज्योतिका बलरले ३५ रन अतिरिक्त खर्चिदाँ जितबाट विमुख बने । सन्तोष न्यौपानेले एकेडेमीको तीन विकेट खसाले ।

म्यान अफ दि म्याच न्यौपानलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले ट्रफी हस्तान्तरण गरे । पाँच क्लबको सहभागिता रहेको क्रिकेट लिगमा दोस्रो चरणका खेलहरु समाप्त हुदाँ सबै क्लबले समान २—२ अंक जोडेका छन् । शनिबार सांग्रिला क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग लिग चरण अन्तर्गतको तेस्रो खेल खेल्ने छ ।

कमेन्टहरु
Loading...