टुँडिखेलमा माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

पोखरा, १३ चैत्र
टुँडिखेल युथ क्लब पोखरालेखनाथ महानगरपालिका १ को आयोजनामा पुरानो टुँडिखेल मैदानमा माइटी शेर्पा ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन दिन चार खेलहरु सम्पन्न भएका छन् । सम्पन्न खेलहरुमा टुँडिखेल युथ क्लव, नयाँगल्लि युथ क्लव र लेकसाइड च्याम्पियन क्लव विजयी भए ।

भदौरे एफसी र लेकसाइड भेट्रान्सविचको खेलमा पराजित भएको लेकसाइडले उजुरी हालेपछि यसको छानविन भइरहेको आयोजक समितिले जनाएको छ । यसअघि एक समारोहका विच पोलेमनपा वडा नम्बर १ का वडाध्यक्ष शारदा पराजुलीले प्रतियोगिताको उद्घाटन गरेकि थिइन् ।

नेपाल बु्रअरी प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५,५५५ कप, मेडल, प्रमाणपत्र, द्वितिय हुने टिमले ३३,३३३ कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोलकिपरलाई ट्रफि तथा प्रमाणपत्रले पुरस्कृत गरिने छ । क्वाटरफाइनलका खेलहरुबाट हरेक खेलमा म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजक क्लवले जनाएको छ ।

कमेन्टहरु
Loading...