आर्मीलाई हराउँदै मदन भण्डारी स्पोर्टस् सेमिफाइनलमा

बुटवल, १२ चैत /मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले सेमिफाइनलमा स्थान बनाएको हो । खेलमा एकेडेमीलाई जित दिलाउने क्रममा विदेशी खेलाडी र्माक्सले हेड मार्फत् २ गोल गरे भने अर्का विदेशी खेलाडी आभाले एक गोल गरे ।आर्मीका तर्फबाट विवेक बस्नेतले एक सान्त्वना गोल फर्काए ।खेलको ‘म्यान अफ दी म्याच’ पनि एकेडेमीकै र्माक्स घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको खेल सुनौलो संगम क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ ।बुटवलको रामनगरस्थित मानवज्ञान माविको मैदानमा जारी प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ ले आयोजना गरेको हो ।प्रतियोगितामा नेपालका तीन विभागीय र मलेसियाको हिमालयन फुटबल क्लबसहित १० टिमको सहभागिता छ ।प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

कमेन्टहरु
Loading...