माछापुच्छे बैंक पोखरा ओपन भेट्रान टेनिसको उपाधी कमल भण्डारीलाई

पोखरा, १४ पुस /पोखरामा सञ्चालन भएको १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधी कमल भण्डारीले जितेका छन् । शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा उमेर समुहमा नेपालकै शिर्ष बरियताका भण्डारीले दोश्रो बरियताका श्रीराम मगरलाई ६–४, ६–३ को सोभो सेटमा पराजित गर्दै प्रतियोगिताको प्रमुख उपाधीमा आफ्नों नाम लेखाए ।

जितसंगै भण्डारीले नगद ५० हजार रुपैयाँका साथ शिल्ड पुरस्कार प्राप्त गरे । दोश्रो स्थानमा चित्त बुझाएका श्रीरामले नगद २० हजारका साथमा कप पुरस्कार पाए । प्रतियोगितामा भण्डारीको यो दोश्रो जित हो । यसअघि २०७३ सालको उपाधी पनि भण्डारीलेनै जितका थिए । २०७२ मा भने श्रीरामले भण्डारीलाईनै पराजित गर्दै उपाधी चुमेका थिए । गत महिना हेटौंडामा सम्पन्न सामरि स्लाम  प्रतियोगितामा भण्डारीसंगै हार व्यहोरेका मगरले यसपटक बदला लिने सपना चकनाचुर भयो ।

प्रतियोगिता अन्र्तगत ४५ वर्ष माथिको एकल उपाधी पोखराका धरमबहादुर लामिछानेले जित । प्रतिस्पर्धात्म फाइनल खेलमा टिम मण्डिखाटारका विकाश गुरुङ्गलाई ६–३, १–६ र सुपरटाईमा १०–५ को जित निकाल्दै धरमले सो उपाधी रक्षा गरेका हुन् । जितसंगै लामिछानेले नगद २० हजारका साथम ट्रफि तथा उपविजेता गुरुङ्गले नगद १० हजारका साथमा कप पुरस्कार पाए । त्यसैगरि ५५ वर्ष माथिको उपाधी पनि पोखराकै अनिल तुलाचनको नाममा रहयो ।

अनिलले फाइनलमा पृथ्वी थकालीलाई ६–१ र ६–० को सहज सेटमा पन्छ्याएका थिए । प्रथम स्थान हाँसिल गरेका तुलाचनले नगद २० हजार साथमा ट्रफि तथा उपविजेता थकालीले नगद १० हजारका साथमा कप पुरस्कार पाए । प्रतियोगिता अन्तर्गत अन्य उमेर समुहका एकल तथा डबल्स खेलहरु यसअघिनै सम्पन्न भएको थियो । प्रतियोगिताका विजेता खेलाडीहरुलाई समापन सत्रका प्रमुख अतिथि माछापुच्छे्र बैकका प्रोमोटर किरण केसीले एक समारोहका विच पुरस्कृत गरे ।

आयोजक कास्की जिल्ला टेनिस संघका कार्यबाहक अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका उपाध्यक्ष नारायण पहारी, सचिव लोक गुरुङ्ग, प्रतियोगिताका प्राविधिक निर्देशक राजन पौडेल, ट्र्याङ्कुलिटी स्पाका प्रतिनिधी रनिल फैंजु लगायतले बोलेका थिए । पाँचदिने प्रतियोगितामा देशैभरका १ सय २५ खेलाडीहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...