कास्की जिल्ला टेनिस संघको अध्यक्षमा दोजे, पत्रकार लामिछाने पुरस्कृत

पोखरा, ३१ भदौ /कास्की जिल्ला टेनिस संघको अध्यक्षमा दोर्जे लामा निर्विरोध चयन भएका छन् । संघ कास्कीको पोखरामा

सम्पन्न चौंथो साधारण सभा तथा तेश्रो अधिवेशनले लामाको अध्यक्षतामा पन्ध्र सदस्यि नयाँ कार्यसमिति चयन समेत

चयन ग¥यो । समितिको प्रथम उपाध्यक्षमा नारायण पहारी, द्धितीय उपाध्यक्षमा लोकबहादुर गुरुङ, सचिवमा नविन चालिसे,

कोषाध्यक्षमा राजु गुरुङ चयन भए । समितिको सदस्यहरुमा हरिराज सिग्देल, राजेन्द्रप्रसाद घिमिरे, प्रिति बराल, राजु श्रेष्ठ,

अनुज बाँस्तोला, हुमबहादुर आले, लक्ष्मण पहारी र रामराजा सिंह बहादुर कार्की चयन भए । समितिको निवर्तमान अध्यक्षमा

विनोद कायस्थ रहेका छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल प्रमुख निर्वाचन आयुक्त रहेको समितिले नयाँ

कार्यसमिति मनोनयमा सहजिकरण गरेको थियो ।

यसअघि संघ कास्कीका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा सम्पन्न अधिवेशनले सचिव लोक गुरुङ्ग र कोषाध्यक्ष

राजु गुरुङ्गको प्रतिवेदनलाई पारित गरेको थियो । उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष

यामबहादुर गुरुङ्ग, आयोजक संघका केन्द्रिय प्रतिनिधी जयन्द्र जिहाडा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष

केशब पाठक लगायतले शुभ–कामना मन्तव्य राखेका थिए । समारोहमा भर्खरै राजधानीमा सम्पन्न एलए जुनियर राष्ट्रिय

टेनिस प्रतियोगितामा मेडल विजेता तथा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

यसैविच समितिको पहिलो बैठकले शान्ति उदास र माधव भण्डारीलाई आमन्त्रित सदस्यमा तथा सल्लाहकार समितिमा

विमल बस्याल, रोशन केसी, समिर शेरचन, बसन्त प्रधान, अनिल तुलाचन, गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेललाई

मनोनयन गरेको छ ।

पत्रकार बिनोद लामिछाने पुरस्कृत

कास्की जिल्ला टेनिस संघले पत्रकार बिनोद लामिछानेलाई पुरस्कृत गरेको छ । संघले टेनिस खेलको प्रचार–प्रसार, विकास

तथा प्रवद्र्धनका लागि कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरे अनुसार पहिलो वर्ष पत्रकार

लामिछानेलाई पुरस्कृत गरेको हो । पुरस्कृत लामिछाने रेडियो बाराहीका न्यूज डेष्क इन्जार्च तथा पोखरा टेलिभिजनका

खेलकुद कार्यक्रम संयोजक हुन् । पुरस्कारको नगद राशि १० हजार रहेको छ ।

कमेन्टहरु
Loading...