लिटिल स्टेपमा सातौ यु १२ प्रा. वि. स्तरिय ह्याण्डवल प्रतियोगिता शुरु

पोखरा, १ असोज । पोखरा सात मासवारमा रहेको लिटिल स्टेप उच्च माविमा बुधवार देखि यु १२ प्रावि स्तरिय महिला तथा पुरुष ह्याण्डवल प्रतियोगिता शुरु भएको छ ।

लिटिल स्टेपमा सातौ यु १२ प्रा. वि. स्तरिय ह्याण्डवल प्रतियोगिता शुरु
लिटिल स्टेपमा सातौ यु १२ प्रा. वि. स्तरिय ह्याण्डवल प्रतियोगिता शुरु

आइतबार देखि शुरु भएको सातौ संस्करणको अण्डर १२ प्रावि स्तरिय ह्याण्डवल प्रतियोगितामा पुरुष तर्फ आयोजक लिटिल स्टेप ‘ए’, र ‘वि’ दुबै, अल्फा बोर्डिङ, पोखरा लर्नर्स एकेडेमी, वेलनन एकेडेमी, पोखरा एकेडेमी, ग्लोबल कलेजिएट र रेन्बो एकेडेमी दोश्रो चरण अर्थात क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यसैगरी छात्रातर्फ आयोजक लिटिल स्टेप, माउण्ट अन्नपूर्ण, पोखरा किन्डर गार्टन, गण्डकी बोर्डिङ स्कूल, ग्लोबल कलेजिएट, बीएमजी, पोखरा लर्नर्स एकेडेमी र वेलनन एकेडेमीका टिमले विजय हासिल गरी दोश्रो चरण अर्थात क्वाटर फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा पोखरा क्षेत्रका २३ वटा विद्यालयहरुको तर्फबाट छात्रतर्फ २३ टिम र छात्रातर्फ १२ वटा टिमहरुले भाग लिइरहेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु ७ हजार, ५ हजार र ३ हजार र ट्रफी, मेडल र प्रमाण–पत्र तथा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गर्ने कुरा आयोजक विद्यालय लिटिल स्टेपले जनाएको छ ।

बुधवार देखि शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले खेलकुदको माध्यामबाट एक आपसमा भाइचारा सम्वन्ध कायम गराउने वताउदै निजी स्तरबाट विद्यालयहरुलाई समेटेर खेलकुदको कार्यक्रम गर्नु अत्यन्तै श्रहानिय काम भएको वताए ।

कार्यक्रममा नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष, नेपाल ओलम्पिक कमिटीका सदस्य एवं दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेजबहादुर गुरुङ, विद्यालयका संस्थापक शेरबहादुर गुरुङ विद्यालयका संयोजक विनोद गिरी, विद्यालयका प्राचार्य पम्फा गुरुङ, अशोक शाही, क्या. लाल प्रसाद गुरुङ, राष्ट्रिय परीक्षा बोर्ड कास्कीका प्रमुख अशोक न्यौपानेले मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...