पोखरामा अन्तर लायन्स एटएसाइड फुटबल जारी

पोखरा, ३ फागुन / लायन्स क्लब अफ पोखरा डाउन टाउनद्वारा आयोाजित अन्तर लायन्स एटए साइड फुटबल प्रतियोगिता जारी छ । पोखरको टुँडिखेलस्थित राष्ट्रिय माविको खेलमैदानमा जारी प्रतियोगितामा अन्तर्गत शुक्रबार पहिलो चरण र क्वार्टर फाइनलका खेलहरु सम्पन्न भए ।

प्रतियोगितामा लायन्स क्लब अफ पोखरा सराङकोट र लायन्स क्लब अफ पोखरा तालवाराहीबबीच भएको खेलमा सराङकोट ३–० ले विजयी भएको छ । टुरिजम सिटी र ग्लोबल लेकसिटीबीचको खेलमा ग्लोबल सिटी नखेल्दा टुरिजम सिटी विजयी भएको छ । आँबुखैरेनी र डाउनटाउन ब्लुबीच भएको खेलमा डाउनटाउन शुन्यका विरुद्ध ६ गोलले विजयी भएको आयोजक क्लबका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

क्वाटरफाइनको अन्तर्गत गोल्डेन चौतारी र डाउनटाउन ह्वाइटको खेलमा गोल्डेन शुन्यका विरुद्ध २ गोलले वियजी भएको छ । हेल्पफुल हेड्स र सराङकोटको खेलमा सराङकोट १ का विरुद्ध ३ गोली विजयी भयो । टुरिजम सिटी र हेमजाबीचको खेलमा टुरिजम सिटी १-0 ले विजयी भएको छ । गार्डेन सिटी र डाउनटाउन ब्लुबीचको खेलमा डाउनटाउन ब्लु शुन्यका विरुद्ध १ गोलले विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार बिहान सेमिफाइनलका खेलहरु हुनेछन् । फाइनल खेल तथा समापन कार्यक्रम दिउसो ३ बजे हुनेछ । आन्तरिक मामिला तथा कानुनी व्यवस्था मन्त्री हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुने अधिकारीले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले रु. ५५ हजार ५५५, शिल्ड तथा प्रमाणपत्र र उपविजेताले रु. ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण प्राप्त गर्ने प्रतियोगिता संयोजक सुशील पौडेलले बताए ।

सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुसाशित टिम, प्रतियोगिताका ज्येष्ठ खेलाडी तथा हरेक खेलका म्यान अफ दी म्याचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न रु. ६ लाख २८ हजार ८८८ खर्च लाग्ने र बचत रकम सामाजिक काममा खर्च गरिने अर्थ संयोजक प्रमोद लामिछानेले बताए । प्रतियोगिता ४ गतेसम्म सञ्चालन हुनेछ ।

कमेन्टहरु
Loading...